बिद्यार्थीले आर्जन गरेको शिक्षा सबैका लागि उपयोगी हुनुपर्छ– मन्त्री कार्की


मेचीकाली

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एउटा बिद्यार्थीले प्राप्त गरेको शिक्षा परिवार तथा समाजका लागि उपयोगी बन्नुपर्ने बताउनु भएको छ । बेथानचोक गाउँपालिकास्थित पावर्त बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभामा बोल्नुहुँदै उहाँले हाम्रो शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्रै बनेको बताउनुभयो । उहाँले एउटा बिद्यार्थीले प्राप्त गरेको शिक्षा उसका साथै परिवार र समाजका लागि उपयोगी नबनेको खण्डमा त्यो प्रमाणपत्र केवल कागजको रुपमा मात्रै रहने बताउनुभयो । देशमा शिक्षित बेरोजगारीको समस्या रहेको बताउँदै शैक्षिक बेरोजगारीको समस्या समाधानका लागि सूचना प्रविधि र विश्वव्यापीमा रुपमा प्रयोग हुँदै आएको शिक्षा प्रणालीलाई आत्मसात गर्दै नेपालको शिक्षा समेत सोहि अनुरुपको हुनुपर्ने बताउनुभयो । 

मन्त्री कार्कीले शिक्षा नै विकासको आधार भएको भन्दै शिक्षाको उज्यालोबाट नै समाजमा रहेको सबै किसिमका अन्धकारहरु हटाउन मद्दत गर्ने बताउनुभयो । आम जनताले सडक, सिञ्चाई, भौतिक पूवार्धारलाई विकासको आधार मान्ने गरेको बताउँदै शिक्षा नै पहिलो विकासको आधार रहेको बताउनुभयो । उहाँले सरकारको पहिलो प्राथमिकता नै शिक्षा रहेको बताउनुभयो । उहाँले मुलुकमा पर्यटन तथा जलस्रोत जस्तै सूचना प्रविधिको राम्रो भविष्य रहेको बताउनुभयो । मन्त्री कार्कीले जलस्रोत, पर्यटन र कृषिमा रहेका समस्यालाई समाधान गर्दै अवसरहरुको सिर्जना गर्न सकेको खण्डमा नेपाललाई दश वर्षमा दक्षिण एसियाको विकसित मुलुकको रुपमा परिणत गर्न सकिने बताउनुभयो । 

उहाँले रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा नकरात्मक असर परेको बताउँदै त्यसको असर नेपालमा रासायनि मलको अभाव पनि एक रहेको बताउनुभयो । उहाँले चाँडै नै नेपालमा पर्याप्त मात्रामा रासायनिक मल भित्रने र त्यसले किसानलाई लाभ मिल्ने बताउनुभयो । उहाँले जनताको आकाँक्षा पुरा गर्नका लागि जनप्रतिनिधिको चयन गरेको बताउँदै जनताको समस्या समाधानका लागि जनप्रतिनिधिले रातदिन खट्नु्पर्ने बताउनुभयो । उहाँले विगतको तुलनामा आगामी वर्षका लागि बेथानचोकमा बढी बजेट ल्याउनका लागि आफ्नो तर्फबाट पहल हुने बताउनुभयो । 

कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामा, संविधान सभा सदस्य रामहरि सुवेदी,संविधान सभा सदस्य तथा नेकपा एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य कृष्णप्रसाद सापकोटा, नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, पार्वती बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष परशु घिमिरेलगायतले पार्वती बहुमुखी क्याम्पसले बेथानचोक तथा जिल्लाको दक्षिणी क्षेत्रको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग