ठगी अभियोगमा मुद्दा खेपिरहेका क्याम्पस प्रमुख : आचारसंहिता नाघेर दलको प्रचारक !


मेचीकाली

बनेपा–जिल्लाको जेठो काभ्रे बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णगोपाल बैदार (जसले आफूलाई केजी वैदार भनेर चिनाउने गरेका छन्) ठगी अभियोगमा तारेख धाईरहेका छन् । एक समय प्रहरीको नजरमा फरार रही मुद्दा पुर्पक्ष नहुञ्जेल भुमिगत भएका कृष्णगोपाल बैदार चुनावी माहोलसँगै आचार संहिता उल्लंघन र गठवन्धन दलको प्रवक्ताको रुपमा चिनिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा पनि उनि गठवन्धन दलको प्रचारकका रुपमा चिनिएका थिए । 

कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई ठगी गरेको आरोपमा फरार रहेर हाल अदालतमा धरौटी राखी मुद्दा खेपिरहेका कृष्णगोपाल बैदारले २०७६ माघ १७ गते गरेको निर्णय समेत कार्यान्वयन गरेका छैनन । उनी अझै जिल्ला अदालतमा तारेख धाईरहेका छन् । पटक पटक मुद्दा पेशी सार्दै आएका बैदार आफै वकिल पनि हुन् । शुरुमा उनि नेमकिपा थिए । पछि चौथो महाधिबेशन तिर लागे । त्यहाँ पनि टिक्न नसकेर उनि जनमोर्चा भए । जनमोर्चा हुँदा हुँदै उनि माओवादी तिर लागे । माओवादीमा रहँदा फाईदा लुटुन नसके पछि एमालेका नेताहरुको कमिजको फेरो समाएर काभ्रे बहुमुखी क्याम्पसको प्रमुख भए । क्याम्पस प्रमुख भए सँगै एमालेलाई लात हानेर काँग्रेसको हनुमान बने । २०७६ माघ १७ गते बसेको बैठकमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीहरुको रजिस्ट्रेसन भरिदिने र उनिहरुले बुझाएको सबै शुल्क क्याम्पसले क्षतिपुर्ति दिने निर्णय भएको थियो । हालसम्म उक्त रकम विद्यार्थीहरुले फिर्ता पाउन सकेका छैनन । वडा अध्यक्ष सचितानन्द केसीले भवन निर्माण गरिरहेको समयमा डोजर लगाएर भत्काए पछि उनको झुकाव काँग्रेस तिर ढल्केको थियो । स्थानीयहरुलाई एम्बुलेन्स समेत जान रोकेर क्याम्पसको भवन निर्माण गर्न लागेका कृष्णगोपाल बैदारको मुद्दा सर्वाेच्चमा विचाराधिन छ । 

क्याम्पस भित्र राजनीतिक कार्यक्रम गर्न निर्वाचन आचार संहिताले रोकेको छ । क्याम्पस प्रमुख बयदार चुनावको मुखमा शुभकामना आदान प्रदानका नाममा गठवन्धनका उम्मेदवार र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य लगेर कार्यक्रम आयोजना गरिरहेका छन् । अर्काे तिर अदालतमा विचाराधिन अरनिको राजमार्गको पुलबजार देखि बुडोलसम्मको विवादित सिमाकंनको ब्याख्या गरेर बसिरहेका छन् ।बैदार अहिले खुलेआम सामाजिक सञ्जाल मार्फत चुनाव प्रचार गरिरहेका छन् । विद्यार्थी ठगीको मुद्दा विभिन्न बाहनामा पेशी सारिरहेका छन् । 

के थियो क्याम्पसको घटना ? 

काभ्रे बहुमुखी क्याम्पसको लापरबाहीले ५६ जना विद्यार्थीको भविष्य नै अन्योलमा परेको थियो । प्राविधिक विषय अन्तर्गत कम्प्युटर इन्जिनियरिङ विषयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सम्बन्धन विपरित र पाठ्यक्रमलाई वास्तै नगरी अध्यापन गराउँदा विद्यार्थीको भविष्य अन्योलमा परेको हो । कम्प्युटर इन्जिनियरिङ अन्तर्गत भौतिक र रसायन विज्ञान विषय समावेश गरिनु पर्ने भएपनि क्याम्पसले भने त्यसको सट्टामा नेपाली र अंग्रेजी विषय अध्यापन गराएको छ । त्यतिमात्र हैन क्याम्पसले उक्त विषय अध्ययनका लागि आवश्यक जीपिए नभएका विद्यार्थीलाई समेत भर्ना गरेको थियो । यो विषय बाहिर आएपछि क्याम्पसले भौतिक र रसायन विज्ञान पढाउन थालेको थियो । बोर्ड परिक्षा सुरु हुनु केहि समय अघि गरिएको विषय परिवर्तनले विद्यार्थी झनै अन्योलमा परेका थिए ।

पाठ्यक्रम अनुसार नपढाएको र विषय परिवर्तन गरेको बारेमा विद्यार्थीले आवाज उठाउँदा शिक्षकहरुले निष्कासन गर्ने देखी जेल हाल्ने सम्मको धम्की दिएका थिए । विद्यार्थीको भविष्यमाथी खेलवाड गरेको थाहा पाए पछि विद्यार्थीले विविध माग सहित क्याम्पस प्रशासनमा ताला लगाएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष लम्बोदर कायस्थ, क्याम्पस प्रमुख कृष्णगोपाल बैदार र सञ्चालक समितिका सदस्य कृपेन्द्र श्रेष्ठलाई ठगीको आरोपमा अदालतमा मुद्दा दायर भएको हो । २२ लाख ३८ हजार रुपैयाँ ठगीको आरोप लगाउँदै दायर भएको मुद्दामा जिल्ला अदालतले पक्राउ पुर्जी जारी जारी गरेपछि घटनाले नयाँ रुप लिएको थियो । २०३७ सालमा स्थापित कलेजमा १० जोड दुईदेखि बीईसम्म पढाई हुन्छ । गत वर्ष १० जोड दुईको कक्षा सञ्चालन भइरहेको थियो । यसअघि २०७५ सालमा सरकारले उच्च माध्यमिक शिक्षाको नीति नै खारेज गरेपछि १० जोड दुईको कक्षा सञ्चालन भइरहेको विद्यालयको जिम्मा स्थानीय निकायलाई दिने निर्णयसमेत सरकारले गरेको हो ।  राष्ट्रिय परीक्षा बोर्डले पनि ११ कक्षामा अध्ययनरत विद्यार्थीको नियमानुसार रजिष्ट्रेशन गरेर परीक्षामा सामेल गरेको थियो ।

नतिजासमेत प्रकाशित भइसकेको अवस्था र विद्यार्थीहरु १२ कक्षामा भर्ना हुने बेला आएपछि भने किचलो शुरु भएको बताइन्छ । क्याम्पसले ११ कक्षाका विद्यार्थी १२ मा भर्ना गर्यो र ११ कक्षामा भर्ना हुने नयाँ विद्यार्थीलाई पनि त्यहि पुरानै विषय पढाउने तयारी गरेको थियो । कक्षा १२ मा कम्प्युटर इञ्जिनियरिङ्ग अध्यापनको लागि आवश्यक तयारी समेत गरेको थियो । तर,परीक्षा बोर्डले पाठ्यक्रम नमिलेको भन्दै क्याम्पसलाई रोक लगाएर कलेजमा दुईवटा विषय मात्र अध्यापन गराउन निर्देशन दियो । बोर्डका अनुसार जीपीए धेरै हुनेले कम्प्युटर साइन्स पढ्ने र कम हुनेले एकाउण्ट विषय पढ्ने गरी पाठ्यक्रम समावेश गर्न लगाइएको थियो । त्यसपछि क्याम्पसले पनि विद्यार्थीहरूलाई बोर्डको निर्देशनझैँ जीपीए पुग्नेहरू कम्प्युटर साइन्समा र अरुचाँहि एकाउण्ट विषयमा भर्ना हुनको लागि निर्देशन दियो । विद्यार्थीहरूले त्यहिअनुसार आफूहरूलाई कम्प्युटर साइन्स र एकाउण्टमा विभाजन गरे । दुई तीन महिनापछि सोही बमोजिम पढाई समेत शुरु भयो । त्यसपछि नेकपानिकट अखिलका नेताहरूले भन्ने एउटा विषय,पढाउने अर्को भन्दै क्याम्पसमा तालाबन्दी गरे । त्यसबीच अखिलका जिल्ला नेताले क्याम्पस प्रशासनसँग गरेको छलफलपछि समस्या समाधान भएको समेत बताएका थिए । तर,त्यसपछि पनि लगातार तालाबन्दी हुन थाल्यो भने जिल्ला प्रशासन,परीक्षा बोर्ड, नगरपालिकामा विभिन्न आरोप लगाउँदै उजुरीसमेत दर्ता हुन थालेको क्याम्पस प्रशासनको भनाई छ । विद्यार्थीहरूलाई इञ्जिनियरिङ्ग पढाउने भन्दै कम्प्युटर साइन्स पढाएर ठगेको आरोप छ । त्यसपछि कायस्थ,क्याम्पस प्रमुख र सञ्चालक समितिका सदस्य क्रिचन्द्रलाई ठगी मुद्दा नै हालियो ।  अदालतले उनीहरुबिरुद्ध प्रक्राउ आदेश २०७६ असोज पहिलो साता जारी गरेको थियो । जाहेरी दिनेहरूमा अभिभावकहरूको तर्फबाट उद्धव दाहाल,लक्ष्मण दाहाल,नर्वदा थापा,रस्मिता थापा र रामचन्द्र श्रेष्ठ गरी पाँच जना हुन् । 

अदालतको आदेश

परिक्षा बोर्डको जवाफ
प्रहरीमा दिइएको जाहेरी


२०७६ माघ १७ गतेको बैठकको निर्णय

आचारसंहिताविपरित काभ्रे क्याम्पसमा गरिएको कार्यक्रम

यो पनि पढ्नुहोस्

प्रतिक्रिया



थप समाचारहरु