चौरीदेउरालीका अध्यक्ष र उपाध्यक्षले पनि जरिवाना तिर्नुपर्ने, यी हुन् चुनावी खर्च विवरण नबुझाउनेहरु


मेचीकाली

बनेपा–स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेका काभ्रेका दर्जनौं उम्मेदवार निर्वाचन आयोगको कार्बाहीमा परेका छन् । खर्च विवरण नबुझाउनेमा चौरीदेउराली गाउँपालिकामा निर्वाचित अध्यक्ष रेणुका चौलागाईं र उपाध्यक्षमा निर्वाचित शेरवहादुर तामाङसमेत परेका छन् ।

तोकिएको समयमा चुनावी खर्च विवरण नबुझाएपछि उनीहरु कार्बाहीमा परेका हुन् । निर्वाचन आयोगले नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका र खर्च विवरण नबुझाएका उम्मेदवारलाई ४ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तोकेको छ । यस्तै गाउँपालिकामा उम्मेदवारी दिएका तर खर्च विवरण नबुझाएका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । यसैगरी नगरपालिकामा वडा अध्यक्ष, सदस्य, दलित महिला सदस्य र महिला सदस्य पदमा उम्मेदवारी दिएका तर खर्च विवरण नबुझाएकालाई २ लाख रुपैयाँ तथा गाउँपालिकामा वडा अध्यक्ष तथा सदस्य, दलित महिला सदस्य र सदस्यलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

को को परे काभ्रेमा कार्बाहीमा ?

काभ्रेमा कार्बाहीमा पर्नेमा साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार बढी छन् । कार्बाहीमा पर्नेमा थोरैमात्रै निर्वाचित व्यक्तिहरु परेका छन् भने अधिकांश पराजित व्यक्तिहरु रहेका छन् । चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, उपाध्यक्ष शेरवहादुर लामा तामाङ ३ लाख ५० हजार रुपैयाँ जरिवानामा परेका छन् । अब ६ महिनाभित्र जरिवाना नतिरे उनीहरु निर्वाचित भएको पद रिक्त हुनेछ । ठूला दलबाट नेकपा एमालेबाट मण्डनदेउपुर नगरपालिकामा प्रमुखमा उम्मेदवार बनेका बिदुरप्रसाद सापकोटा र उपप्रमुखमा उम्मेदवार बनेकी सरिता ढकालसमेत कार्बाहीमा परेका छन् ।  वडाअध्यक्ष र वडा सदस्यतर्फ भने सयौं उम्मेदवार जरिवानामा परेका छन् ।

वडा अध्यक्ष र सदस्यहरुतर्फको सूची

नगरपालिकातर्फ


गाउँपालिकातर्फ

प्रतिक्रिया



थप समाचारहरु