एकाबिहानै ससुराली पुगेर श्रीमतिमाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ


मेचीकाली

धुलिखेल–आफ्नी श्रीमतिमाथि खुकुरी प्रहार गर्ने रोशी गाउँपालिका वडा नं. ८ बि.क टोलका ३२ बर्षीय राजकुमार बि.क पक्राउ परेका छन् । 

उनले आज बिहान ५ बजेतिर रोशी गाउँपालिका वडा नं. ११ भीमखोरी पुगेर श्रीमति ३१ बर्षीया साइली बि.कमाथि खुकुरी प्रहार गरेका थिए । घरायसी झैझगडाका कारण श्रीमतिलाई खुकुरी प्रहार गरेका बिकलाई इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरी टोली र स्थानीयबासी मिलेर पक्राउ गरेका थिए ।

श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी साइलीलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ । पक्राउ परेका राजकुमारलाई इलाका प्रहरी कार्यालय मंगलटारमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 




प्रतिक्रिया



थप समाचारहरु