एमालेले काभ्रेमा टुंग्यायो टिकट, नयाँ अनुहारलाई प्राथमिकता


मेचीकाली

काभ्रे– नयाँ अनुहारलाई प्राथमिकता दिँदै एमाले काभ्रेले स्थानीय तह चुनावको टिकट बाँडफाँट गरेको छ । एमालेले धुलिखेल र पनौतीका प्रमुखलाई दोहो¥याएको छ भने पनौती र खानीखोलामा उपप्रमुखलाई दोहो¥याएको छ । 

अन्य स्थानीय तहमा भने नयाँ अनुहार ल्याउँदै एमालेले टिकटको टुंगो लगाएको हो । एमालेले धुलिखेलमा अशोक व्याञ्जुलाई प्रमुख र लालतारा अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । यस्तै बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा, पनौतीको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा, नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल र पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने भएको छ । 

यस्तै गाउँपालिकातर्फ भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जिताराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछाने, रोशीमा देवसागर लामा र बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, खानीखोलामा शेखर लामा र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 


प्रतिक्रिया



थप समाचारहरु