एमाले बनेपा १२ को अधिवेशन सम्पन्न


मेचीकाली

बनेपा- नेकपा एमाले बनेपा वडा नं १२ को दोस्रो वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वुद्धिनाथ शर्मा वाग्लेको अध्यक्षतामा वडा कमिटी निर्वाचित गरेको छ ।

नवनिर्वाचित कमिटिको  उपाध्यक्षमा जयराम लामा, सचिवमा रामकृष्ण कुँवर तथा उप-सचिवमा कल्पना कुँवर र सुशीला राउत चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा राजन थापा, कञ्चन भुजेल, शुशिला कार्की लगायत चयन भएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु