माओवादीद्वारा मारिएका सहिद बलराम सापकोटाको सालिक अनावरण


मेचीकाली

पाँचखाल-हत्याको २३ वर्ष पछि साविक पाँचखाल गाविसका उपाध्यक्ष बलराम सापकोटाको शालिक अनावरण गरिएको छ । माओवादी कार्यकर्ताले २०५६ साल मसिंर १४ गते सापकोटालाई अपहरण गरेर बेपत्ता बनाएका थिए । 

पाँचखाल नगरपालिका वडा नम्बर ६ ढुंगानाबेशीमा नगरपालिकाको सहयोगमा निर्मित शालिकको प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सांसद एवं पुर्व मन्त्री, नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अनावरण गर्नु भएको थियो । ‘शहिद सापकोटाले जनताका लागि देखाएको बाटोमा नेकपा एमाले अघि बढिरहेको छ’–पोलिटब्युरो सदस्य बास्कोटाले भन्नुभयो–‘तत्कालिन समयमा माओवादी र राज्यपक्षबाट भएका घटनाहरुमा शहिद भएकाहरुलाई न्यायका लागि पार्टीले सरकारमा हुँदा नीति निर्माण गरी कार्य गरेको छ ।’ एमाले सरकारमा पुगेका बखत शशस्त्र  द्वन्द्वमा ज्यान गुमाउनेका परिवार तथा बेपत्ता र घाईतेका आफन्तहरुलाई राहत दिने निर्णय गरेको थियो । घाईतेहरुको निशुल्क उपचार तथा अपाङता भएका 

ब्यक्तिहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको नेकपा एमालेले शहिदका परिवारहरुलाई निरन्तर राज्य र पार्टीका तर्फबाट सहयोग पु¥याउने बास्कोटाले बताउनु भयो । 

शहिद पत्नि सरिता सापकोटाले अपहरणको लामो समयसम्म सापकोटाको लाश समेत फेला नपर्नु, हत्याराहरुलाई कारवाही नहुनु दुखद पक्ष भएको बताउनु भयो । एमाले अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरु सहभागि थिए । 

तत्कालिन माओवादी नेतृत्वले सापकोटालाई घरबाटै अपहरण गरेको थियो । अपहरणको २२ महिनासम्म बेपत्ता बनाएका माओवादीहरुले युद्ध विरामको समयमा नेकपा एमाले र सापकोटाको परिवारले श्वास तथा लाश जे भए पनि सार्वजनिक गर्न दबाब दिए पछि केन्द्रीय समितिको तर्फबाट गल्ति स्विकार गरी २०५८ साल कार्तिक २ गते बलराम सापकोटा मारिसकिएको बताएका थिए । त्यहि दिनलाई परिवारले अन्तिम दिन मानेर तिथी गर्दै आए पनि कुन दिन हत्या भयो ? कहाँ हत्या भयो ? हाडखोड छ कि ? हत्यारा को हुन् ? अपहरण र हत्याको कारण के हो ? पहिचानका लागि दबाब दिदै आएको छ ।

एमाले र माओवादी एकिकरण भई नेकपा हुँदा समेत सापकोटाको परिवारले असहमति ब्यक्त गरेको थियो । परिवारले सापकोटालाई अपहरण गरेर लैजाने माओवादी कार्यकर्ताहरु खुलेआम भएकाले न्यायिक उपचारको माग गरिरहेका छन् । पाँचखालमा बलराम सापकोटा र रयालेमा कृष्णप्रसाद सापकोटा, सिंहविर तामाङ लगायतका दर्जनौ नेता कार्यकर्ता माओवादीले अनाहकमा हत्या गरेको एमालेले बताएको थियो 

। 

प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग