ढुंगाखानीको पहिरोले घर पुरिँदा बेथानचोकमा ३ जनाको मृत्यु (अपडेट)


मेचीकाली

बेथानचोक–ढुंगाखानीबाट झरेको पहिरोले घर पुरिँदा काभ्रेको बेथानचोकमा तीन जनाले ज्यान गुमाएका छन् । 

आज बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा बेथानचोक गाउँपालिका वडा नं. ४ चलाल गणेशस्थानका ६५ वर्षीया ठूलीमाया भनिने ला ढोल्मा तामाङ तथा उनका ४४ वर्षका छोरा निरबहादुर तामाङ र ४० वर्षकी छोरी सावित्री तामाङको ज्यान गएको हो ।
निरबहादुर र सावित्रीको घटनास्थलमै र ठूलीमायाको उपचारको क्रममा मृत्यु भएको हो ।
निरबहादुरको घरमाथि रहेको ढुंगा खानी हालैमात्र सञ्चालनमा आएको स्थानीयले बताएका छन् । ढुंगाखानी अवैध हो या वैधानिक हो भन्नेबारे अहिलेसम्म केही खुलिसकेको छैन । यद्यपि निरबहादुरले नै खानी सञ्चालन गरेको बताइएको छ । पहिरोले पुरिएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । घरभित्र रहेका बाख्रा, कुखुरा पनि पुरिएको स्थानीयले बताएका छन् । 
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासी उद्धारका लागि पुगेका थिए ।



प्रतिक्रिया



थप समाचारहरु