बेथानचोकका किसानलाई अनुदानमा भुसा काट्ने मेसिन


मेचीकाली

 काभ्रे-जिल्लाको बेथानचोक गाउँपालिकाले गाउँपालिका भित्रका कृषकहरुका लागि भुसा कुट्क्याउने मेसिन च्याफकटर बितरण गरेको छ ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारिले आज एक कार्यक्रम बिच २ नम्बर वडाका कृषकहरुलाइ च्याफकटर बितरण गर्दै औपचारिक रुपमा कार्यक्रम सुरु गरे । बेेथानचोक गाउँपालिकाका ६ नै वडाका कृषकलाई वडागत रुपमा क्रमैले च्याफकटर बितरण गर्ने कार्यक्रम तय गरिएको साथै पशुपन्छी सेवा शाखा मार्फत बर्सेनि पशुपालन गर्ने कृषकहरुलाई भुसा काट्ने मेसिन बितरण गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताए ।


गत बर्ष ५५ जना कृषकहरुलाइ ७५ प्रतिशत अनुदानमा च्याफकटर बितरण गरिएको र कृषकहरुको मागलाई मध्यनजर गर्दै यस बर्ष ११४ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्याफकटर बितरण गरिएको गाउँपालिका प्रवक्ता मधुसूदन तिमल्सिनाले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग