बेथानचोक-१ मा किसानलाई तालिम


मेचीकाली

बेथानचोक-जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङबेशिमा कृषकहरुको लागि दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्ड हरिहर भवन ललितपुरको आयोजना, मदानी डेरि उद्योग बेथानचोक १ को समन्वय र बेथानचोक गाउँपालिकाको सहयोगमा दुधालु गाई भैसीको आहार ब्यवस्थापन तालिम कार्यक्रम बिहीवार समापन  भएको हो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

अध्यक्ष अधिकारीले कृषकहरुको लागि आयोजना गरिने तालिम कार्यक्रमहरुले कृषक तथा जनतामा उत्साह थपेको र ब्यवसायिक पशुपालनमा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक डाक्टर बालक चौधरी, वडा अध्यक्ष मधुसूदन तिमल्सिना लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु