दोस्रो वर्षमा कोअपरेटिभ म्यानेजर्स क्लव, सहकारी क्षेत्रका समस्याबारे छलफल


मेचीकाली

बनेपा- काभ्रेमा रहेका सहकारीका व्यवस्थापकहरूको 'कोअपरेटिभ म्यानेजर्स क्लव' स्थापना भएको एक वर्ष पुरा भएको छ । सो अवसरमा क्लवले बनेपा नगरपाकिकाभित्र रहेका सहकारीका व्यवस्थापन प्रमुखहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

क्लवका अध्यक्ष मदन बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथ्यता जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्माले गरेका थिए । क्लवका सचिव ठाकुरनाथ अधिकारीले  संचालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथि र सहभागी सवैमा उपाध्यक्ष गोपाल प्रसाद दाहालले आफ्नो मन्तब्य सहित स्वागत गरे ।                               

कार्यक्रममा अध्यक्ष मदन वस्नेतले क्लव स्थापना हुनुको उद्देश्यमाथि  प्रकाश पार्दै क्लवले प्रारम्भिक सहकारी संस्था, विषयगत संघहरु, जिल्ला सहकारी संघ, सहकारी बैंक र सहकारी वृद्घि विकासका लागी सहयोग गर्न चाहने अन्य संघसंस्थाहरुसँगको सहयोग र सहकार्यमा सहकारी संस्थामा  कार्यरत जनशक्तिहरुको क्षमता विकासका लागी गुणस्तरीय तालिमका माध्यमबाट सहकारी मर्मअनुरुप व्यवशायिक संस्था निर्माण र विकासमा सहयोग पुर्याउनु रहेको उल्लेख गरे । उनले स्थापनाको  एक वर्षमा क्लवले गरेका कार्यक्रमको जानकारी पनि गराए ।

कार्यक्रममा  प्रमुख अतिथि शर्माले क्लबले उद्देश्य अनुरुपका कार्यकम ल्याएमा जिल्ला संघ सधै सहयोग गर्न तयार रहेको र क्लवलाई आवश्यक परेमा संघको नवनिर्मित भवन निर्माण सम्पन्न भए पश्चात एउटा कोठा कार्यालय संचालनका लागी उपलब्ध गराउने प्रतिबद्घता व्यक्त गरे। कार्यक्रममा  अहिले सहकारी संस्थाहरुमा देखिएका समस्या र समाधानका विषयमा छलफल गरिएको थियो । 

क्लवले यो अभिमुखिकरण कार्यक्रम क्षेत्रिय रुपमा (पाँचखाल, पनौती र नमोबुद्घ) गर्ने तयारी गरेकोमा पहिलो चरणमा बनेपामा रहेका सहकारी संस्थामा काम गर्ने व्यवस्थापन प्रमुख र अधिकृत स्तरमा कार्यरत कर्मचारीहरुलाई आमन्त्रण गरिएको थियो र छिट्टै पाँचखाल, पनौती र नमोबुद्घमा कार्यक्रम गर्ने जानकारी गराईएको थियो । क्लवमा हालसम्म ५५ जना सदस्यहरु आवद्ध भएका छन् ।  



प्रतिक्रिया



थप समाचारहरु