नमोबुद्धको प्रवक्तामा केसी, २४ घण्टाभित्र प्रत्येक कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिने


मेचीकाली

भकुन्डेवेसी- नमोबुद्ध नगरपालिकाको पहिलो कार्यपालिका बैठक प्रवक्ता चयन र न्यायिक समिति गठन गर्दै सम्पन्न भएको छ ।

बिहिवार नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो वैठकले नगर कार्यपालिकाको निर्णय, बिज्ञप्ति, सार्वजनिक महत्वका सूचना लगायत सार्वजनिक गर्ने कार्यका लागि वडा नं ६ का वडा अध्यक्ष टिकाबहादुर केसीलाई प्रवक्ता तोक्ने निर्णय गरेको छ । बैठकले हरेक कार्यपालिका बैठकका निर्णयहरू नगरपालिकाको आधिकारिक वेबसाइटबाट सार्वजनिक गर्ने निर्णय पनि गरेको छ । 

प्रवक्ता टिकाबहादुर केसीका अनुसार आजको बैठकले नगर उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिलाई पुर्णता पनि दिएको छ । समिती संयोजक उपप्रमुख रत्नबहादुर लामा रहेका छन् भने समिति सदस्यमा वडा नं ४ का वडा अध्यक्ष अर्जुनबहादुर  कार्की र वडा नं ७ का वडा अध्यक्ष धर्मसिं लामा रहेका छन् । बैठकले मेथिनकोट अस्पतालको व्यवस्थापन समितिमा नगरपालिकाबाट सदस्य रहने व्यवस्था अनुसार वडा नं ३ का वडा अध्यक्ष रमेश तिवारीलाई सदस्य तोक्ने निर्णय गरेको छ भने नगरपालिकामातहत रहेको एउटा एम्बुलेन्सलाई दाप्चा स्वास्थ्यचौकी मातहत राखेर सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

कार्यपालिकाको पहिलो बैठक अघि नगर प्रमुख कुनसाङ लामाले कार्यपालिका सदस्यमा निर्वाचित भएका आठजना सदस्यलाई सपथ ग्रहण गराएका थिए ।


प्रतिक्रिया



थप समाचारहरु

 

दुई किलो मलका लागि दिनभर लाइन !