बसुन्धराकै गाउँमा रित्तियो समाजवादी, सिंगो वडा कमिटी नै एमालेमा समाहित


मेचीकाली

पनौती–नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवं बागमति प्रदेशका कृषिमन्त्री बसुन्धरा हुमागाईंको वडामै नेकपा एकीकृत समाजवादी रित्तिएको छ । 

मन्त्री हुमागाईंको वडा पनौती १२ बाट एकीकृत समाजवादीको सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएपछि एकीकृत समाजवादीलाई ठूलो धक्का लागेको छ । पनौती नगरपालिकामा समाजवादीको वडा नै रित्तिएको यो दोस्रो वडा हो । यसअघि वडा नं. ११ बाट पनि सिंगो वडा कमिटी एमालेमा समाहित भएको थियो । 

आज प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य कुमार थापा, प्रदेश कमिटी सदस्य भीम न्यौपाने, एमाले पनौती नगर अध्यक्ष सुरेश हुमागाईं, वडा कमिटी अध्यक्ष इश्वरराज जंगम लगायतले समाजवादीको वडा कमिटीलाई एमालेमा समाहित गराएका छन् । एमालेले समाजवादीबाट फर्केकाहरुलाई यथास्थानकै पदमा रहने गरी समायोजन गराएको छ । 

एमालेमा फर्कनेहरुमा समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण कार्की, नगर कमिटी उपाध्यक्ष देवराज केसी, वडा कमिटी सहद्दइन्चार्ज क्षेत्रवहादुर तामाङ, वडा कमिटी अध्यक्ष प्रल्हाद केसी, किसान महासंघका जिल्ला कमिटी सदस्य उमेश हुमागाईं, यवा संघका पनौती नगर कमिटी सदस्य मनोज कार्की रहेका छन् । यस्तै अनेमसंघ उपाध्यक्ष प्रिया खत्री, वडा कमिटी उपाध्यक्ष दुर्गावहादुर लामा, वडा कमिटी उपसचिव निमा लामा, अनेमसंघ वडा कमिटी सचिव रिता केसी, वडा कमिटी सदस्यहरु हरिप्रसाद हुमागाईं, सांगे तामाङ, सोनाम सिंह तामाङ, नहकुल केसी, राजेन्द्र तामाङ, सुरेन्द्र केसी रहेका छन् । 

नेताहरुलाई घर फर्काइँदै

एमालेमा समाहित हुनेहरु

प्रतिक्रिया



थप समाचारहरु