पाँचखालमा मतदातालाई प्रलोभनमा पार्न हिँडेका कांग्रेस कार्यकर्ता लखेटिए (भिडियोसहित)


मेचीकाली

पाँचखाल–पाँचखालमा मौन अवधीको समयमा रातीराती मतदातालाई प्रलोभनमा पार्न हिँडेका नेपाली कांग्रेसका कार्यकर्ता लखेटिएका छन् ।

पाँचखाल नगरपालिका वडा नं. ४ को पुरानो बजारमा गएराती दुईवटा गाडीमा आएका कांग्रेस कार्यकर्तालाई स्थानीयबासीले लखेटेका हुन् । चुनावको दुई दिन अघि राती अबेर समूहसहित गाडीमा कांग्रेसका कार्यकर्ताको टोली आएपछि स्थानीयबासीले प्रतिकार गर्दै उनीहरुलाई लखेटेका थिए ।  

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा राती पौने दश बजेतिर सुरुमा पिकअपमा आएको कांग्रेस कार्यकर्ताको एउटा टोलीलाई स्थानीयबासीले गाली गरेर फर्काइदिएको देख्न सकिन्छ । उक्त गाडी फर्कन नपाउँदै आएको अर्को गाडी भने सर्वसाधारणले प्रतिकार गरेको जानकारी पाएपछि भागेको थियो । 

स्थानीयबासीले मतदातालाई प्रभावित पार्न कांग्रेसका कार्यकर्ताहरु पैसा बाँड्न हिँडेको बताएका छन् । पाँचखालका विभिन्न वडामा हिजोदेखि नै मध्यरातसम्म कांग्रेसका कार्यकर्ताहरुले अस्वाभाविक गतिविधि देखाएको र मतदातालाई प्रभावित पार्न खोजिएको आरोप स्थानीयबासीले लगाएका छन् ।  

ठक्कर दियो बसले, हल्ला फैलाइयो अरु नै

यसैबीच पाचखाल नगरपालिका ४ लामिडाँडामै हिजो बेलुका भएको दुर्घटनाका विषयमा अनावश्यक हैला फैलाइएको पाइएको छ । लामिडाँडामा राती पासाङ ल्हामु एक्सप्रेसको बा २ ख ६४३९ नंवरको बसले बागमति प्रदेश ०२५ च ६३८४ नंवरको गाडीलाई ठक्कर दिएको थियो । उक्त गाडीलाई ठक्कर दिएपछि बसका चालकले बसलाई सडकमै छाडेर भागेका थिए । जिरोकिलोमा खाना खाएर फर्केको स्थानीयबासी चढेको गाडीलाई बसले ठक्कर दिए पनि मानवीय क्षति भने भएको छैन । राजमार्गमा भएको सवारी दुर्घटनालाई अतिरञ्जित गर्दै अनावश्यक हल्ला फैलाइएको भन्दै दुर्घटनामा परेको गाडीका यात्रुहरुले आक्रोश व्यक्त गरेका छन् । दुर्घटनापछि फरार भएका बसका चालकको खोजी कार्य भइरहेको प्रहरी चौकी पाँचखालले जनाएको छ । बस आफूहरुको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । उक्त बसका चालक तथा सहचालकले बसभित्रै मादक पदार्थ सेवन गरिरहेको पाइएको छ ।


ठक्कर दिने बस



ठक्कर खाएको गाडी



कांग्रेस कार्यकर्ता लखेटिएको भिडियो



प्रतिक्रिया



थप समाचारहरु