देशकै नमुना सहकारीको उदाहरणीय कार्य : आफ्नै गाई फार्म सुरु


मेचीकाली

रविओपी (धुलिखेल)– धुलिखेल नगरपालिका वडा नम्वर २ मा १ हजार ४१ जना कृषक रहेको नेपालकै नमुना दुग्ध सहकारी सेतिदेवीले श्रोत संकलनका लागि आफै ब्यवसायीक गाई फर्म शुरु गरेको छ । 

असोज ३ गते शुरु गरेको र्फममा ६० वटा गाई पु¥याउने लक्ष्य अनुरुप पहिलो चरणमा उन्नत खालका ४० वटा गाई फर्ममा भित्र्याईएको छ । त्यसको अलावा बार्षिक २४ लाख लिटर दुध संकलन गरिरहेको छ । ‘चालु आर्थिक वर्ष देखि सहकारी आफैले दुध उत्पादन शुरु गरेको छ’–सहकारीका अध्यक्ष चर्तुभुज तिमल्सिनाले भन्नुभयो–‘दुई करोड लगानीमा शुरु भएको फर्ममा ६० वटा उन्नत जातका गाई राखिनेछ ।’ ब्यवसायीक फर्म संचालनका लागि नेपाल लाईभ स्टक मार्फत १ करोड र संस्थाको एक करोड लगानी भएको छ । 

संस्थाको ३० बािर्षकोत्सव तथा २२ औ बार्षिक साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष तिमल्सिनाले सहकारीले कृषकहरुको हितका लागि गरिरहेका विभिन्न कार्यक्रमका साथै आफैले दुग्ध उत्पादन गरी थप आम्दानी गरी समृद्ध बनाउने अभियान शुरु गरेको बताउनु भयो । पुर्व मन्त्री गोकुल बास्कोटाले समृद्धीका लागि स्थानीय स्तरबाट भएको प्रयासमा थप सहयोग र समन्वय गरिने बताउनु भयो । बास्कोटा मन्त्री भएका बखत बनेपा चण्डेश्वरी हुँदै रविओपी अनेकोट सडक पक्कि गरिएको थियो । बास्कोटा मन्त्रीबाट हटे लगत्तै उक्त सडकको विस्तारका लागि विनियोजन भएको रकम कटौती गरिएको छ । बास्कोटाले सडकबाट थप सहजता महसुस गर्दै कृषकहरुले समृद्धीका लागि अन्य योजनाहरु निर्माण गर्नु पर्ने बताउनु भयो । ‘एमाले राष्ट्रको हितमा शतिसाल झै उभिएको छ, समृद्धी र सुखी नेपाली एमालेको एक मात्र एजेण्डा हो’–मन्त्री बास्कोटाले भन्नुभयो–‘पछिल्ला महिला गठवन्धन सरकारले मुलुकलाई पु¥याएको क्षती तथा नागरिकका समस्यामा उदासिन बनेका विषयले आगामी मसिंर ४ मा नागरिकहरुले गर्नु पर्ने फैसला महत्वपूर्ण हुनेछ ।’ 

सहकारीले वर्षभरी कृषकहरु मध्ये धेरै दुध विक्री गर्ने सोहि वडाका वडा अध्यक्ष अर्जुन न्यौपानेलाई नगद सहित सम्मान गरेको छ । ‘वडा अध्यक्षको जिम्मेवारी पुरा गर्दै यो वर्ष न्यौपाने उत्कृष्ट कृषक हुन सफल भए’–सहकारीका उपाध्यक्ष निरञ्जन गेलालले भन्नुभयो–‘हरेक वर्ष सहकारीले उत्कृष्ट कृषक सम्मान गर्ने क्रममा यो वर्ष वडा अध्यक्ष न्यौपाने सम्मानित भएका हुन् ।’ न्यौपानले दैनिक २ सय लिटर दुध विक्री गर्ने गरेका छन् भने एक वर्षको अवधीमा ७५ हजार ३ सय ४१ लिटर दुध विक्री गरी ४४ लाख ८८ हजार ३ सय १२ रुपैया प्राप्त गरेका छन् । उनको गोठमा ४० वटा गाई छन् । विहान बेलुका उनी आफै गोठमा कार्य गरिरहेका हुन्छन् । बोनस बापत न्यौपानेले प्रति लिटर ५० पैसाका दरले दशैमा ३५ हजार रुपैया प्राप्त गरे भने सम्मान बापत थप ५ हजार, दोसल्ला र प्रमाणपत्र प्राप्त गरेका छन् । सोहि अवसरमा संस्थाले २६ जना संस्थापक सदस्य, वडाबाट निर्वाचित जनप्रतिनिधि, २३ जना जेष्ठ शेयर सदस्य, एसईईमा उत्कृष्ट शेयर सदस्यका चार जना छोराछोरी लगायतलाई सम्मान गरेको थियो । 

सहकारीले आर्थिक वर्षको अन्त्यसम्मा २० करोड ८ लाख ६८ हजार ९ सय रुपैया आम्दानी गरी १९ करोड ९६ लाख १५ हजार ६ सय ६७ रुपैया खर्त गरेको प्रवन्धक हरिहर अधिकारीले बताउनु भयो । २ करोड २९ लाख ६४ हजार ३ सय शेयर पुँजी, ११ करोड ७२ लाख ३ हजार बचत र ११ करोड ९२ लाख ७३ हजार रुपैया ऋण लगानी गरी संस्थागत पुँजी १ करोड ३० लाख ५३ हजार २ सय ८८ पु¥याएको सहकारीका ७ वटा दुध संकलन केन्द्र र चिस्यान केन्द्र छन् । दैनिक ७ हजार लिटर दुध संकलन गर्ने सहकारीले दुधको शुद्धताका लागि विहान बेलुका दुध संकलन गरिरहेको प्रवन्धक हरिहर अधिकारीले बताउनु भयो । कार्यक्रममा अध्यक्ष चर्तुभुज तिमल्सिना, उपाध्यक्ष निरञ्जन गेलाल, सचिव सुनिता सापकोटा, कोषाध्यक्ष धुव्र्रप्रसाद चौलागाई, लेखा संयोजक कृष्ण्बहादुर ढुंगानाले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीले पशु आहार, पशु स्वास्थ्य शिविर तथा अन्य विविध कार्यक्रम गरिरहेको छ । 

सभामा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, बागमती प्रदेश सरकारका दुग्ध विकास बोर्डका अध्यक्ष टिकाबल्धव सापकोटा, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडाल, दुग्ध विकास संस्थाका महाप्रवन्धक संजीवकुमार झा लगायतका ब्यक्तिहरुले सेतिदेवी सहकारी नमुना बनेकाले थप संथागत विकास र कृषकहरुको आयआर्जन गर्न सक्ने अभिभावक बन्न सक्ने बताउनु भयो । सहकारी आफैले उत्पादन शुरु गरेको जिल्लामा पहिलो संस्था सेतिदेवी दुग्ध उत्पादक सहकारी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण बडालले बताउनु भयो । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग