दिगो विकासका लागि सातौं राष्ट्रिय युवा सम्मेलन काठमाडौंमा सुरु


मेचीकाली

काठमाडौं-दिगो विकासका लागी राष्ट्रिय युवा संजालको आयोजनामा  सातौं राष्ट्रिय युवा सम्मेलन काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय युवा परिषद, नेपाल पर्यटन बोर्ड, गैर  सरकारी संस्था महासंघ लगायत विभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय संघ संस्थाहरुसँगको  सहकार्यमा हुने सम्मेलन काठमाडौंमा दुई दिन संचालन हुने छ । 


शनिबार सम्मेलनको उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रिय सभा  सम्माननिय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले युवाको नेतृत्व अब समयको आवश्यकता भैसकेको र युवाहरुले समाज परिवर्तन र  नेतृत्वमा सकारात्मक हस्तक्षेप अनिवार्य भएको बताए साथै कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य जगदिश ऐर  गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, टिडिएच जर्मनी,स्ट्रोम नेपाल, समाज कल्याण परिषद लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको  शुभकामना मन्तव्य राखेका थिए । 


सम्मेलनको पहिलो दिन  दिगो बिकासको स्थानियकारणमा युवाको भुमिका , पर्यटनमा युवाको अवसर, राजनैतिक नेतृत्वमा युवा सहभागिता र अवसर लगायत विविध विषयहरुमा अन्तरक्रिया एवम् युवाहरू बिच छलफल भएको छ । सम्मेलनमा सातौं प्रदेशका १०० भन्दा बढी युवाहरु सहभागी थिए ।  कार्यक्रम संयोजक  अमृत देवकोटाले अध्यक्षता  गर्नुभएको कार्यक्रमा भोलीको सत्रमा युवा उद्मशिलता, जलवायु परिबर्तन र बिपत्त ब्यबस्थापनमा युवाको भुमिका र पर्यावरणीय अधिकारको विषयमा सत्रहरु एवं सस्कृतिक साँझ  संचालन हुनेछन भने  सम्मेलनले काठमाडौं प्रतिबद्धता पत्र जारी गर्ने संस्थाका महासचिव सन्जिप न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया



थप समाचारहरु