विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनोनयनमा एमाले बलेफीको आपत्ति


मेचीकाली

सिन्धुपाल्चोक–नेकपा एमाले बलेफी गाउँपालिका कमिटीले बलेफी गाउँपालिकाले गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको मनोनयनमा आपत्ति जनाएको छ । 

एमाले बलेफी गाउँपालिका कमिटीले गाउँपालिकाले आतंक सिर्जना गरेको भन्दै अभिभावकको अधिकारमाथि गरिएको हस्तक्षेप फिर्ता लिन माग समेत गरेको छ । एमालेले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै निर्णय नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । 

यस्तो छ एमाले बलेफीको ध्यानाकर्षण

बलेफी गाउँपालिकाले सम्पादन गर्दै आएको पछिल्ला निर्णय तथा कार्य प्रति नेकपा (एमाले) बलेफी पार्टी कमिटिको ध्यानाकर्षण भएको छ । सुखी बलेफीवासी तथा समृद्ध बलेफीको परिकल्पनाका साथ संबिधानको मर्म अनुरुप संघियता कार्यान्वयनको चरणमा अभ्यासकै रुपमा रहेको भए पनि गाउँपालिकाको पहिलो कार्यकालले समृद्धिको जग बसाल्दै गरेको थियो । नेपालको संबिधान, स्थानीय सरकार संचालन ऐनमा टेकेर स्थानीय सरकारले आफ्ना ऐन, नियम तथा कार्यविधी र निर्देशिका तयार गरि स्थानीय सरकार संचालन गर्नुपर्ने हो, तर बलेफी गाउँ सरकार स्थानीय तहको गएको निर्वाचन देखि नीति विपरित स्वच्छाचारी ढंगबाट संचालन हुनु गंभिर चिन्ता र दुःखको विषय हो ।

पुस १८मा लिखित विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको भन्ने पत्र पुस २४मा बाहिरिदाँ एक खालको आतंक नै सिर्जना गाउँपालिकाले गरेको छ । आधारभूत तथा माध्यमिक शिक्षा संचालन तथा ब्यवस्थापन कार्यविधी पछिल्लो संशोधनको परिच्छेद ४ को दफा २१ (१) को ब्यवस्था उल्लेख गर्दै गरिएको मनोनित पूरापूर नीति विपरित रहेको हाम्रो ठहर छ । जबकी उक्त परिच्छेदमा विब्यस पदाधिकारी मनोनित गर्दा पालिकासँग समन्वय गर्न पर्ने भन्ने उल्लेख छ । 

बिब्यस गठनको प्रक्रियामा प्रवेश नगरी आम अभिभावाकको अधिकारमाथी ठाडो हस्तक्षेपका विरुद्ध बलेफीका सबै अभिभावक र सामाजिक विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा भएको चरम लापरवाही, स्वेच्छाचारी गतिविधी, गाउँ कार्यपालिका सदस्य समेत रहने वडा अध्यक्षलाई समावेश नगरि गरिएको अवैध निर्णय तथा अलोकतान्त्रिक गतिविधी तत्काल रोकी नीतिगत रुपमा गाउँपालिका संचालन गर्न नेकपा (एमाले) माग गर्दछ ।  शिक्षाप्रेमी, बुद्धिजिवीलगायतका पगरी भिराइ गराईएको भनिएको मनोनित  अवैध रहेको हाम्रो ठहर छ ।

 शुसासन सहितको संमृद्ध बलेफी निर्माण नेकपा (एमाले)को लक्ष्य हो । बलेफी गाउँ सरकारको यस्ता नीति विपरितका कामप्रति सिंगो एमाले पार्टी पंक्ति मात्र नभई पूरै बलेफीवासीमा निराशा छाएको छ । जिम्मेवार निकाय यस्ता नीति विपरित, स्वईच्छाचारी तथा मनोमानी ढंगबाट संचालन हुनु दुःखद मात्र नभई लोकतन्त्रको उपहास पनि हो । अत यो र यस्ता विषयमा भए गरेका अबैध निर्णय तत्काल फिर्ता लिई कार्यान्वयन नगर्न /नगराउन नेकपा (एमाले) माग गर्दछ । बिकास, शुसासन र संमृद्धिमा हाम्रो पार्टी सदैव लाग्ने नीति अनुरुप नीति विपरितका निर्णय नसच्चिए आन्दोलनका कार्यक्रममा लाग्ने छ । र यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने छ ।


प्रतिक्रिया



थप समाचारहरु