स्थानीय चुनाव : नमोबुद्धमा सुरु भयो एमालेको घरदैलो


मेचीकाली

भकुण्डेबेशी - स्थानीय तह चुनावका लागि नेकपा एमाले नमोबुद्धले घरदैलो कार्यक्रम सुरु गरेको छ । नमोबुद्ध नगरपालिका वडा नं. ११ बाट एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।

घरलैदो कार्यक्रमसँगै वडा नं. ११ को कुरुगाउँमा एमालेको पार्टी कार्यालयसमेत उद्घाटन गरिएको छ ।  ऐतिहासिक पवित्र धार्मिक तिर्थस्थल नमोबुद्ध परिसरबाट सुरु गरिएको घर दैलो अभियान सौराह, चे घेन, डांडा कटेरी, चिण्डे, बिमिरे, भालु खर्क, हिल्गर हुँदै कपर ढुङ्गामा पुगेर समापन गर्ने कार्यक्रम तालिका रहेको छ ।

नगरपालिका अन्तर्गत वडा न ११ को चिण्डेमा भने स्थानिय वडावासिहरुको माझमा कोण सभा रखिएको छ । सभालाई सम्बोधन गर्दै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले २०७४ सालमा गरेका प्रतिवद्धताहरु अधिकांश पुरा भएको, समृद्ध नमोबुद्धको जग निर्माण गरेको, नमोबुद्धलाई विश्व सम्पदा सूचीमा राख्न प्रक्रिया सुरु गरेको, वडा नं. ११ मा खानेपानी स्वास्थ्य लगायतका क्षेत्रमा उदाहरणीय काम गरेको बताए ।

 यस्तै नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल, उपम्रमुखका  उम्मेदवार सम्झना लामा,  वडाध्यक्षका उमेदवार कृष्ण बहादुर लामा लगायतले नगरभित्र भौतिक पुर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषी लगायतका विषयमा बोलेका थिए । मन्तव्यको क्रममा नमोबुद्ध परिसरलाई विश्व सम्पदा सुचीमा सुचिकृत गराउनका लागिपहल भैरहेको कुरा राख्दै नमोबुद्धमा पर्यटक हरुको लागी उचित गन्तव्य स्थल बनाउने तयारी रहेको कुरा समेत बताएका थिए ।

घर दैलो कार्यक्रममा मेयरका उमेदवार राजन भुर्तेल, उपमेयरका उमेदवार सम्झना लामा, वडाध्यक्षका उमेदवार कृष्ण बहादुर लामा, वडा सदस्यका उमेदवार ग्यानी बिक, अन्जु लामा, सानुकान्छ तामाङ, प्रकाश तामाङ लगायत पार्टीका अन्य नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । घर दैलो कार्यक्रमलाई निरन्तरता दिने क्रममा भोलि दोस्रो दिनको कार्यक्रम भने वडा न.८ मा रहेको नेकपा(एमाले)नगर कमिटीका सचिव गणेश लामाले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु