काभ्रेमा समाजवादी छाड्ने क्रम तीब्र, पनौती ११ को कमिटी नै एमालेमा फर्कियो


मेचीकाली

पनौती–काभ्रेमा नेकपा एकीकृत समाजवादी छाडेर नेकपा एमालेमा फर्कनेको संख्या बढ्न थालेको छ । 

सोही क्रममा समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला सदस्यसहित पनौती नगरपालिका वडा नं. ११ को वडा कमिटी नै एमालेमा फर्किएको छ । समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य जनक थापा, जिल्ला कमिटी सदस्य रामेश्वर थापा, नगर कमिटी सदस्य एवं वडा कमिटी अध्यक्ष राजु थापा, उपाध्यक्ष केशव केसी एमालेमा फर्किएका छन् । 

यस्तै सचिव अमृत थापा, सदस्यहरु प्रकाश सत्याल, केशव न्यौपाने, सुरेन्द्र थापा, रुपक रानामगर, सुदीप थापामगर, सुदर्शन हुमागाईं, शिवशरण ढुंगाना एमालेमा फर्किएका छन् । यसैगरी युवासंघ अध्यक्ष विजय थापा, किसान संघ नगर सदस्य केशव न्यौपाने र महिला संघ अध्यक्ष बिजुला बिक पन एमालेमा फर्किएका छन् ।

उनीहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नं. २ काभ्रेका उम्मेदवार गोकुल बाँस्कोटा लगायतले एमालेमा स्वागत गरेका छन् ।  


प्रतिक्रिया



थप समाचारहरु