सांसदहरुसँग युवाको नीति संवाद


मेचीकाली

काठमाडौं - बालबालिका र युवाहरुको वातावरणीय अधिकार र जलबायु न्यायको वर्तमान अबस्था र  अवधारणालाई नीति र कानुनमा समाबेश  गर्न दिगो बिकासका लागी राष्ट्रिय युवा सन्जाल,सिविस वातावरणीय अधिकार सन्जाल र टिडिएच जर्मनीको संयुक्त आयोजनामा बालबालिका र युवाहरुको वातावरणिय अधिकार र जलवायु न्याय सम्बन्धी सांसदहरु संगको नीति संवाद कार्यक्रम काठमाडौंमा  सम्पन्न भएको छ । 

प्रतिनिधिसभा अन्तर्गत तल्लो र माथिल्लो सदन र प्रदेश सभाका २०जना जनप्रतिनिधि सहित सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नेपाल संविधान २०७२ले स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउनु नागरिकको मौलिक हकको रुपमा ब्याख्या गरेता पनि कानुनहरु निर्माण नहुदा नागरिकहरु वातावरणीय अधिकारबाट बन्चित हुनुपरिरहेको छ  संविधान सभा सदस्य  शान्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा  स्वातावरण अभियान्ता अमृत देवकोटा,श्रीराम बजगाई ,सौरभ खनाल्  मानव अधिकार् आयोगबाट मानव अधिकार् अधिकृत अम्बिका घिमिरे , टिडिएच जर्मनीकि देशिय संयोजक मोनि श्रेष्ठले वातावरणीय अधिकारको महत्त्वबारे प्रकाश पारेकी थिइन ।  कार्यक्रमा  प्रा.डा.दिनेश भुजु र मन्जित ढकालले प्रस्तुत गर्नुभएको वातावरणीय अधिकार जलवायु न्यायको अवधारणा वर्तमान परिस्थिति र चुनौती अनि भावी कार्ययोजना बारेको कार्यपत्रमा सांसदहरुले आफ्नो राय एबम प्रतिबद्धता व्यक्त गरेका थिए ।

नीति कार्यक्रममा सांसदहरु दामोदर पौडेल , मनिष सुमन, भारती पाठक ,वसन्त मानन्धर सुमित्रा बिसि , रन्जु झा,रमा कोइराला ,संतोष परियार ,रमा आलेमगर, सीता राना, जयन्ती राई लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै सांसद माया गुरुङले आफ्नो बाल्यकाल कठिन एबम दुखले बिताएको तर वातावरणमा कुनै हानी नोक्सानी नभएको र राम्रो पाएको तर आज बालबालिका र युवाले आफ्नो बाल्यकाल र युवा उमेर आफ्नो चाहाना एबम सुख पाएको तर वातावरणको सन्तुलन बिग्रन थालेकाले आफुलाई पनि चिन्ता थपिएको बताईन । 

सांसद महेश बर्तौलाले दिगो विकासको अवधारणा सुरुभएको  र नयाँ संविधान बनेको ८ बर्ष बित्दा समेत  वातावरण जस्तो संवेदनशिल मुद्धाका बारेमा कानुन नबन्नु दुःखद् भएको बताउदै आफुले संसदमा बहस एबम पौरवी गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । बिपत ब्यबस्थापनमा पर्याप्त बजेट नभएको , पाठ्यक्रममा समयानुकूल परिवर्तन गर्दौ सुसूचित गराउने र वनको बैज्ञानिक प्रयोग गर्ने , रासायनिक मलको प्रयोग घटाउदै लैजाने  जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै बालबालिका र युवासंगै आगामी पुस्ताको लागि सुरक्षित अनि जैविकविविधता  ले भरिपुर्ण समाज हस्तान्तरण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका थिए । दिगो विकासका लागि राष्ट्रिय युवा सन्जालले वातावरणीय अधिकार सन्जालसंग सहकार्य गर्दै  आगामी दिनहरुमा बालबालिका माथी लगानी बढाउदै युवाहरूको सीप  शिक्षा अनि  रोजगारी बढाउन अभियान चलाउने र वातावरण संरक्षणमा थप क्रियाशिल रहने  महासचिव सन्जीप न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया



थप समाचारहरु