पूर्वाधारको क्षेत्रमा एमाले नमोबुद्धको योजना : गुणस्तरीय र दिगो विकास


मेचीकाली

भकुण्डेबेशी– नेकपा एमाले नमोबुद्ध नगर कमिटी ३० वैशाखमा हुने स्थानीय चुनावमा समृद्ध नगर निर्माणको दीर्घकालिन योजनासहित चुनावी मैदानमा होमिएको छ । एमालेले पाँच बर्षभित्र नगरको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने, नमोबुद्ध नगरका सबै वडालाई जोड्नेगरी चक्रपथ निर्माण गर्ने योजना बनाएको छ । यस्तै भकुण्डेबेशी उपत्यका चक्रपथ निर्माण गर्ने योजना पनि एमालेले बनाएको छ । 

नेकपा एमाले नमोबुद्धले स्थानीय चुनावका लागि राजन भुर्तेललाई नगर प्रमुख र सम्झना लामालाई उपप्रमुख पदका लागि उम्मेदवार बनाएको छ । सबै वडामा उल्लासमय ढंगबाट घरदैलो अभियान सञ्चालन गरिरहेको छ । आफ्नो चुनावी प्रतिवद्धता, विगतका पाँच बर्षमा एमालेको नेतृत्वमा गरेको कामबाट जनतामा एमालेको आकर्षण बढेको अनुभव एमालेका स्थानीय नेता कार्यकर्ताले गरेका छन् । 

कस्ता छन् त एमालेले पूर्वाधार विकास तर्फ बनाएका योजना ?


क) सडक/यातायात

- नगरको केन्द्रदेखि सबै वडा केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गरिने छ ।

- सबै वडालाई जोड्नेगरी नमोबुद्ध चक्रपथ निर्माण गरिनेछ । भकुण्डेबेशी उपत्यका चक्रपथ निर्माण गरिनेछ ।

- ग्रामिण सडकहरुलाई प्रत्येक टोल बस्तीसम्म विस्तार गरी बाह्रै महिना यातायात सञ्चालन हुनसक्ने गरी स्तरोन्नति गरिनेछ ।

- विद्युतीय नगरबस सञ्चालनको लागि पहल गरिनेछ र विभिन्न ठाउँमा चार्जिङ्ग स्टेशनहरु निर्माण गरिनेछ ।

- अत्याधुनिक वहुउद्देश्यीय बसपार्क निर्माण गरी सुव्यवस्थित गरिनेछ ।

ख) खानेपानी र सरसफाई

- नागरिकहरूको सुद्ध र स्वच्छ पानी पिउने अधिकारलाई सुनिश्चित गर्न सबै वडाका सम्पूर्ण घरवस्तीमा एक घर एक धारा कार्यक्रम लागू गरिनेछ । सधैका लागि र सबैका लागि स्वच्छ खानेपानी अभियानलाई पूर्णता दिईनेछ ।

- लिफ्टिङ खानेपानीमा लाग्ने विद्युतीय महसुलमा अनुदानको व्यवस्था गरिनेछ ।

- खानेपानीका सबै स्रोत सुरक्षित बनाई सुरक्षित खानेपानीयुक्त नगर घोषणा गरिनेछ ।

- नगरका मुख्य सार्वजनिक स्थल तथा चोकहरुमा सार्वजनिक शैचालय निर्माण गरिनेछ ।

ग) आवास तथा बस्ती विकास 

- नमोबुद्ध नगरपालिकालाई ग्रिनसिटीको रुपमा विकास गर्नका लागि भूउपयोग गुरूयोजना निर्माण गरी व्यवस्थित एवं एकीकृत बस्ति विकासको कार्यलाई अगाडि बढाइनेछ । 

- नगरमा रहेका विभिन्न नदी करिडोर र सहायक नदी करिडोरहरुमा आवश्यक पूर्वाधार निर्माण गरि ति क्षेत्रमा ब्यवस्थित बस्ति विकासको कार्यलाई अगाडी बढाईनेछ ।

- नमोबुद्ध नगरलाई होमस्टे नगरका रुपमा स्थापित गर्दै सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीको रुपमा विकास गरिनेछ ।

- सबै वडा केन्द्रहरुमा ब्यवस्थित बजार र सुविधा सहितका सेवाकेन्द्रहरु स्थापना गरिनेछ ।

- मुख्य चोक र बजार क्षेत्रमा सडक बत्ति र सिसी क्यामेराको ब्यवस्था गरिनेछ । बजार क्षेत्रका सडक किनारमा बृक्षारोपण गरि सौन्दर्यजनक हरित नगरकोरुपमा विकास गरिनेछ ।

- एक टोल एक उद्यन पार्क निर्माण गरीने छ ।

घ) खेलकुद पूर्वाधार

- नगरपालिकामा बहुउद्देश्यीय कभर्डहल निर्माण गरिनेछ ।

- नगरपालिकामा एक राष्ट्रियस्तरको खेल मैदान निर्माण गरिनेछ ।

- प्रत्येक वडामा एक खेल मैदान निर्माण गरिनेछ ।

ङ) फोहरमैला ब्यवस्थापन

- नगरक्षेत्रको फोहोरमैलाको दिगो ब्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको व्यवस्था गरिनेछ र फोहोरमैलाको दिगो व्यवस्थापनका लागि प्रशोधन केन्द्रको निर्माण गरी लेदोजन्य तथा ठोस फोहोर मैलाको प्रशोधन गरी पुनः उपयोगी कार्यमा लगाइने छ ।

- घरेलु फोहरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने तीन तहमा घरमै छुट्याई सोको उपयोग र उचित ब्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गरिनेछ ।

- नगरको भकुण्डेवेशी क्षेत्रमा ढल निकासको व्यवस्था गरिनेछ । फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।


च) उर्जा तथा विद्युतीकरण

- नगरपालिका क्षेत्र भित्रका कुनैपनि परिवार विद्युत सेवाबाट बञ्चित हुने छैनन् । विद्युतीकरणमा प्रयोग भएका काठका पोल बिस्थापित गरि स्टिलका पोलहरु राखिनेछ । 

- सबै वडाका बस्ती क्षेत्रमा खुला तार हटाई इन्सुलेटरयुक्त कालो तार राखी विद्युतीकरणलाई जोखिमुक्त बनाइने छ । 

- घरयासी प्रयोजनमा प्रयोग हुने विद्युतमा अति विपन्न परिवारलाई न्यूनतम विद्युत महसुल शुल्क छुट दिईने छ । 

- प्रत्येक टोलबस्तीका सार्वजनिक स्थलहरूमा सोलार बत्ती तथा विद्युतीय बत्ती जडान गरिनेछ ।

- विद्युतीय चुलोको प्रयोगका लागि प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

छ) सूचना तथा सञ्चार

- नगरका प्रशासनिक कार्यलाई कागजरहित बनाउन आवश्यक सूचना प्रविधि पूर्वाधार सहित सफ्टवेयर तथा मोवाइल एप्सको प्रयोग गरिनेछ ।

- घरमै बसेर विभिन्न कर, महसुल र सेवाशुल्क तिर्न मिल्नेगरी अनलाइन सेवा प्रणालीको व्यवस्था गरिने छ । 

- नगरको आफ्नै नगर एफ.एम. रेडियो र नगर टेलिभिजन सञ्चालन गरिनेछ ।

- नगरभित्रका अति व्यस्त चोक, गल्ली, सार्वजनिक स्थलहरु, मन्दिर, पार्क, राजमार्गमा AI प्रविधिमा आधारित CCTV जडान गरिनेछ ।

- नगरभित्र रहेका सरकारी सेवाका क्षेत्रहरु र केही बजार क्षेत्रमा फ्री वाईफाई जोन बनाईनेछ ।

- नगरका सबै बस्तिहरुमा सहज र सुलभरुपमा मोवाईल नेटवर्क उपलब्ध हुनेगरि उक्त प्रविधीको क्षमता अभिबृद्धी गरिनेछ ।


प्रतिक्रिया



थप समाचारहरु