कुशादेवीको ठुलीपोखरी क्षेत्रमा वृक्षारोपण


मेचीकाली

पनौती–पनौती नगरपालिका वडा नम्बर ३, कुशादेवी स्थित ठुलीपोखरी क्षेत्रमा वृक्षारोपाण गरिएको छ । कुशादेवी युवा क्लवको आयोजनामा वृक्षारोपण गरिएको हो । 

कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जाराको विशेष आतिथ्यता रहेको थियो भने वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु सापकोटा तथा स्थानीयको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री लामाले युवाहरुले प्रकृति संरक्षणको सामाजिक अभियान थालनी गरेको भन्दै आभार व्यक्त गरेका छन् । उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सघाउने प्रतिवद्धता जनाएका छन् । यद्यपी कुनै एउटा पार्टी नेतृत्वको सरकार रहँदा अघि बढाइएको योजना सरकार परिवर्तन भएसँगै निरन्तरता नदिने र पहुँचको भरमा बजेट विनियोजना गरिने गलत अभ्यासले धेरै काम अघि बढ्न नसकेको उनको भनाई छ । 

यस्तै उपप्रमुख गिता बञ्जाराले पुराना संपदा संरक्षणमा यसअघिको कार्यकालमा पनि प्राथमिकता दिइएको र अब पनि यसलाई निरन्तरता दिइने बताइन् । वडा नम्बर ३ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले विहावर क्षेत्र पर्यटकीय क्षेत्र भएको भन्दै पर्यटकीय क्षेत्रको विकासले मात्रै समृद्धिको सपना साकार हुने बताए । यस्तै युवा क्लवका अध्यक्ष दिपेश घिमिरेले ठुलोपोखरीमा नेपालकै ठुलो झण्डा राख्ने योजना रहेको पनि जानकारी दिए । पिकनिक स्पोर्टको रुपमा समेत यो क्षेत्रलाई विकास गर्न सक्ने सम्भावना छ । सडक निर्माण भएमा साँगाबाट ३ किलोमिटरको दुरीमा उक्त क्षेत्रमा पुग्न सकिन्छ । 


प्रतिक्रिया



थप समाचारहरु