राष्ट्रपतिद्वारा पलाञ्चोक भगवतीको दर्शन (फोटोफिचर)


मेचीकाली

काभ्रे–राष्ट्रपति विद्यादेवि भण्डारीले काभ्रेको पाँचखाल नगरपालिका ९ मा रहेको पलान्चोक भगवतीको दर्शन गरेकी छन् । 

भण्डारी नेपाली सेनाको हेलिकप्टर मार्फत आज पाँचखालमा रहेको बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म आएकी थिइन् । बिहान करिब साढे नौ बजे पाँचखाल आइपुगेकी राष्ट्रपति भण्डारी बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रबाट करिब ९ किलोमिटर कार्गेटमार्फत पलान्चोक भगवतीस्थान पुगेकी थिइन् । बिहान दश बजे मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिती काभ्रेका प्रमुख दिपक गौतम, पाँचखाल नगरपालिकाकी उपप्रमुख सूर्यमाया दनुवार, वडा अध्यक्ष रामकाजी श्रेण्ठलगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले करिब १५ मिनेट पलान्चोक भगवतीको पुजाआजा गर्नु भएको थियो । राष्ट्रपति भन्डारी नियुक्त भएपछि हरेक बर्षको बडा दशैको अष्टमीको दिन राष्ट्र प्रमुखको हैसियतले पलान्चोक भगवतीको दर्शन गर्दै आएकी छन् । २०७७ सालमा कोरोनाको कारण उनी पलान्चोक भगवतीको दर्शनको लागि आउन सकेकी थिइनन् ।



प्रतिक्रिया



थप समाचारहरु