धुलिखेल कांग्रेसका उमपेयर उम्मेदवार : ३० लाख राजश्व छले, सिफारिस नै गायव


मेचीकाली

धुलिखेल-नेपाली काँग्रेसका नव प्रवेशी निराजन जंगमले स्वार्थ सहित मालपोत कार्यालय काभ्रेले प्राप्त गर्ने राजश्व छलीका लागि नक्कली सिफारिस बनाई सहयोग पु¥याएको खुलासा भएको छ । तत्कालिन वडा अध्यक्ष समेत रहेका धुलिखेल ८ का निराजन जंगमले काँग्रेस नेता दिपेश श्रेष्ठलाई ११ दिनको अवधीमा एउटै प्रयोजनका लागि फरक फरक सिफारिस दिएर राजश्व जलेको प्रमाणीत भएको छ । 

वडा अध्यक्ष रहँदा जंगमले २०७५ साल असार २१ गते १३६१ चलानी नम्वर भएको आब २०७४/२०७५ मा घरबाटो सिफारिसका लागि साविक धुलिखेल नगरपालिका वडा नम्वर २/७ को कित्ता नम्वर ११५३ को १० रोपनी १ आना, ११५६ को ४ रोपनी ३ आना र ४७२ को २ रोपनी २ दाम १ आना जग्गामा घर नभएको तर कच्चि मोटर बाटो भएको प्रमाणीत गरेका छन् । जसका कारण दिपेश श्रेष्ठले नगरपालिकाले कायम गरेको प्रति आना कच्ची मोटर बाटोको मुल्यांकनमा प्रति आना २ लाख ५५ हजारका दरले पास खर्च राजश्व १३ लाख ५७ हजार रुपैया र लाभकर साढे ४ प्रतिशतका दरले १५ लाख ७ हजार गरी कुल २८ लाख ६४ हजार रुपैया तिर्नु पर्छ । राजश्व तिर्ने अवधीमा धेरै रकम खर्च हुने भए पछि वडा अध्यक्ष जंगमलाई केहि रकम लाभ दिई काँग्रेस नेता दिपेश श्रेष्ठले उक्त सिफारिसका स्थानमा पुनः आर्थिक वर्ष २०७५/२०७६ शुरु भएको दोश्रो दिन २०७५ साउन २ गते चलानी नम्वर २ राखी कच्ची मोटरबाटो भएको स्थानमा गोरेटो बाटो मात्रै भएको सिफारिस गरेका छन् । जसका कारण २८ लाख ६४ हजार राजश्व मालपोत कार्यालयले गुमाएको छ । 

अहिले वर्षाै देखि काँग्रेसमा सक्रिय भई लाभको पदमा नपुगेका त्यागि नेताहरुलाई पन्छाएर जंगमले उपप्रमुखको टिकट उछिट्याए पछि सबै हिस्स परेका छन् । उनि काँग्रेस प्रवेश गर्नुको कारण र पद नै चाहिने प्रमुख कारण यिनै भएको वडा नम्वर ८ का स्थानीयहरुले बताएका छन् ।


गोरेटो बाटो कच्चि हुन सक्ने तर कच्ची बाटो गोरेटो हुन नसक्ने तथ्यलाई ढाकछोप गर्न वडा अध्यक्ष जंगमले ५ लाख रुपैया घुस लिएर ३० लाख राजश्व छल्न सहयोग पु¥याएको श्रेष्ठ श्रोतले जानकारी दिएको छ । उनै दिपेश श्रेष्ठको अर्काे कित्तामा कम थैली रकम राखी लाखौ रकम राश्जव छलेको खुलासा भएको छ । डिईको रिसोर्टका नाममा २०७७ मसिंर ११ गते विक्री गरेको छ । १ करोड ९५ लाख रुपैयाँमा रोक्का राखेको छ । १५९२ रजिस्टेसन नम्वरमा मेघा बैक लिमिटेड काठमाडौ शाखामा कित्ता नम्वर १६१२ र १४४७ नम्वरका दुबै कित्ता दृष्टीबन्धक गरेको छ । थैली रकम ५० लाखमा पास गरी लाभ कर १ लाख २० हजार राजश्व बुझाईएको छ । कित्ता नम्वर १४४७ मा ७ आना २ पैसा जग्गा १३ लाख रुपंैयामा खरिद गरी ३२ लाख रुपैया विक्री गरेको देखाईएको छ भने कित्ता नम्वर १६१२ मा ४ आना १ पैसा १ दाम जग्गा १२ लाखमा खरिद थरी १८ लाखमा विक्री गरेको देखाईएको छ । दिपेश श्रेष्ठले आफ्नै कम्पनी डिईको रिसोर्टका नाममा विक्री गरेको केहि दिनमै बैकमा धितो राख्दा मुल्य बढाईएको छ ।

मालपोतमा बुझाउनु पर्ने १ करोड ९५ लाखको लाभकर ५० लाख रुपैयाको मात्रै बुझाउन लगाएर राजश्व छली गरेका छन् । जसमा तत्कालिन वडा अध्यक्ष निराजन जंगमको प्रत्यक्ष संलग्नता देखिएको छ । दिपेश श्रेष्ठका बुबा धुलिखेल नगरका काँग्रेसका सभापति थिए । पछि दिपेश आफै वडाका सभापति भए । जग्गा कारोवारमा संलग्न वडा अध्यक्ष जंगमले अधिकांश सिफारिसमा नक्कली गर्ने गरेको तथ्यहरुले पुस्टि गराएको छ । उनै दिपेशले जंगमको पोल खोलिदिन्छु भने पछि एमालेको बहालवाला वडा अध्यक्ष, जिल्ला सदस्य पद त्यागेर एकाएक जंगम काँग्रेसमा प्रवेश गरेका थिए । अहिले वर्षाै देखि काँग्रेसमा सक्रिय भई लाभको पदमा नपुगेका त्यागि नेताहरुलाई पन्छाएर जंगमले उपप्रमुखको टिकट उछिट्याए पछि सबै हिस्स परेका छन् । उनि काँग्रेस प्रवेश गर्नुको कारण र पद नै चाहिने प्रमुख कारण यिनै भएको वडा नम्वर ८ का स्थानीयहरुले बताएका छन् । जग्गा सम्वन्धीका नक्कली सिफारिसहरुको विवरण वडा कार्यालयमा मेटाउने गरेका जंगमले अरु जग्गाहरु र अन्य सिफारिसमा पनि पैसा लेनदेन गर्ने गरेको सेवाग्राहिहरुले बताएका छन् । 

यता जंगमले एमालेको जिल्ला अधिबेशनमा लिएको साढे ५लाख र धुलिखेलको नगर अधिबेशनमा लिएको डेड लाख रकम झ्वाम गरेका छन् । 



प्रतिक्रिया



थप समाचारहरु