बनेपाको नैमिषारण्य गुरुकुलमा ‘मञ्च विहिनको मञ्च’


मेचीकाली

बनेपा– शब्द संसार परिवारको आयोजनामा काभ्रेको बनेपा नगरपालिका–६ स्थित नैमिषारण्यसंस्कृत गुरुकुलम्मा अध्ययनरत बिद्यार्थीले आफ्नो साहित्यिक रचना वाचन गरेका छन् । शब्द संसारले देशका विभिन्न स्थानमा रहेका साहित्यिक रचनामा रुचि राख्ने र अवसर नपाएका सर्जकहरुको श्रृजनालाई ‘मञ्च विहिनको मञ्च’ कार्यक्रममार्फत लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने काम गर्दै आएको छ । शनिवार भएको कार्यक्रममा नैमिषारण्य गुरुकुलम्मा अध्ययनरत बिद्यार्थीहरु उद्धव ढुङ्गेल, शिवप्रसाद घिमिरे, ओमराज निरौला, प्रतिक बडाल, उज्वल अधिकारी, पुष्पराज गुरागाँई, माधव प्रसाद पौडेल, जनक पोखरेलले कविता तथा कथा वाचन गरेका थिए । 

यसैगरि कृष्णमणी ढुङ्गाना, कृष्णहरि बराल, प्रवेश बडालले कथा, कविता वाचन गरेका थिए । कार्यक्रममा शब्द संसारकी सञ्चालक गंगा खड्काले शब्द संसारको मञ्च विहिनको मञ्च अन्र्तगतको १४ औँ श्रृङ्खला बनेपास्थित नैमिषारण्य गुरुकुलम्मा गरिएको बताउनुभयो । उहाँले शब्द संसार परिवारले २०७६ साउन ११ गतेदेखि देशका विभिन्न स्थानमा पुगेर साहित्यप्रति रुचि भएका र अवसर नपाएका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले १४ औँ श्रृङ्खलासम्म आउँदा सयौँ नव प्रतिभाहरुको प्रतिभालाई बाहिर ल्याइएको बताउनुभयो । उहाँले कार्यक्रममा आफ्नो श्रृजना वाचन गरेका सर्जकहरुको श्रृजनालाई सङ्कलित गरि पुस्तक समेत प्रकाशन गरिने बताउनुभयो । 

कार्यक्रममा शब्द संसारकी सञ्चालिका शान्ता पोखरेलले गुरुकुलम्मा अध्ययनरत बिद्यार्थीले प्रस्तुत गरेका श्रृजना उत्कृष्ट रहेको र आगामी दिनमा श्रृजना लेखनको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा शब्द संसार परिवारकी सञ्चालकहरु लिलामाया ढकाल, रेजु शर्माले शब्द संसारले सञ्चालन गर्दै आएको साहित्यिक गतिविधिको बारेमा आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा गुरुकुलम्का प्राचार्य दिव्यमणी आचार्यले सबै प्राणीमा कला, साहित्य सङ्गितप्रती रुचि हुने बताउनुभयो । उहाँले साहित्यले समाज रुपान्तरणका लागि सहयोग गर्दै आएको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग