एघार वडामा मात्रै अध्यक्षका लागि महिलाको उम्मेदवारी


मेचीकाली

काभ्रे– बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनको लागि आईतबार र सोमबार उम्मेदवारी दर्ता गराउने काम सम्पन्न भएको छ । यस पटकको स्थानीयत तहको निर्वाचनमा सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच गठबन्धन गरी पालिका भागवण्डा गरेसँगै ३३ प्रतिशत महिलाको उम्मेदवार हुने अधिकार समेत कटौती भएको छ । गठन्धनकै कारण यस पटकको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवारको उम्मेदवारी समेत कम परेको छ । 

यस पटकको स्थानीय तह निर्वाचनमा जिल्लामा रहेका १३५ वटा वडाका लागि अत्यन्तै न्यून रुपमा मात्रै वडा अध्यक्ष पदमा उम्मेदवारी परेको छ । यस पटकको निर्वाचनमा १३५ वटा वडामध्ये ११ वटा वडामा मात्रै वडा अध्यक्ष पदका लागि महिला उम्मेदवारको उम्मेदवारी परेको छ । यो कुल वडाको ८ दशमलव १ प्रतिशत वडा मात्रै महिला उम्मेदवारी परेको देखिन्छ । यस पटक जिल्लाको मण्डनदेउपुर नगरपालिका–९ मा एमालेबाट अम्बिका ठकुरी, रोशी गाउँपालिका–११ मा एमालेबाट चन्द्रमाया तामाङ, बनेपा नगरपालिका–१४ मा एमालेबाट नै निर्मला तामाङ, धुलिखेल नगरपालिका–८ मा एमालेबाट नै गिता तामाङले वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । 

यसैगरि धुलिखेल नगरपालिका–१० मा सामाजिक एकता पार्टीबाट मैयादेवी श्रेष्ठ, पनौती–४ मा नेकपा माओवादी केन्द्रबाट सुशिला सुवाल, बनेपा–८ मा नेपाली काँग्रेसबाट शुभलक्ष्मी श्रेष्ठ, भुम्लु गाउँपालिका–६ मा नेपाली काँग्रेसबाट सावित्री माझीले उम्मेदवारी दिनुभएको छ । यस्तै रोशी गाउँपालिका–९ मा नेपाली काँग्रेसबाट मुकुमाया तामाङ, रोशी–१२ मा नेकपा परिवर्तनबाट बुद्धिमाया तामाङ र पाँचखाल–४ मा स्वतन्त्रबाट पार्वती विकले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । काभ्रेमा १३५ वटा वडा अध्यक्ष पदका लागि ६७० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु