बागमतीको बजेटमा काभ्रे : योजना छैन, उपेक्षामात्रै (पूर्णपाठसहित)


मेचीकाली

काभ्रे–बागमति प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । आज प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शलिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमा प्रदेश राजधानी रहेको मकवानपुरसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जिल्ला चितवन, मुख्यमन्त्री राजेन्द्र पाण्डेको जिल्ला धादिङ लगायतमा बजेट खन्याइएको छ । तर, कुनैबेला प्रदेश राजधानीका लागि चर्चित काभ्रेमा भने कुनै नौला र ठूला योजना बजेटमा समावेश गरिएको छैन ।

बजेटमा दूग्ध उत्पादनमा अग्रणी जिल्ला काभ्रेमा मिनी पाण्डर प्लान्ट स्थापना गर्ने उल्लेख छ, तर त्यसका लागि कति बजेट छुट्याइएको उल्लेख छैन । यस्तै काभ्रेसहित चितवन, मकवानपुर धादिङ बिउ पकेट उत्पादनको क्षेत्र स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ । चारवटा जिल्लाका लागि ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाले यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने अपेक्षा गर्न सकिँदैन । बजेटमा काभ्रेको काभ्रेको मण्डनदेउपुरका शितभण्डारसहितको कृषि बजार स्थापना गर्ने उल्लेख भए पनि बजेट कति छुट्याइएको उल्लेख छैन । यस्तै काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप र दोलखालाई लक्षित गर्दै काभ्रेमा काभ्रेमा एम्बुलेन्स डिस्प्याच सेन्टर बनाउने उल्लेख भए पनि बजेट उल्लेख गरिएको छैन । 

बजेटको पूर्ण पाठ



प्रतिक्रिया



थप समाचारहरु