बनेपामा 'राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता' हुने


मेचीकाली

बनेपा– काभ्रेको बनपामा आगामी भदौमा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ । 

काभ्रेमा केन्द्रीय कार्यालय रहेको नेपाल केनशिनकान कराँते संघले उदयमान कराते खेलाडी उत्पादन गर्दै जाने र वर्तमान खेलाडीहरुलाई प्रतियोगिताको माध्यमबाट आफनो क्षमता प्रर्दशनमा हौसला प्रदान गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता आगामी भदौ ४ गते शनिबार आयोजना हुने संघले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

प्रतियोगितामा पुरुष तर्फ ३५ के.जी. मुनि, ४५ के.जी. मुनि, ५५ के.जी. मुनि. र खुल्ला तौल समुह तथा महिला तर्फ ३५ के.जी. मुनि, ५० के.जी. मुनि र खुल्ला तौल समुह गरि जम्मा ७ वटा वजन समुहमा संचालन हुनेछ । प्रतियोगितामा बिभागीय टिमहरु, बिभिन्न कराते संघ, डोजो लगायतका निकायहरुबाट करिव २५० खेलाडीहरुको सहभागीता रहने अनुमान गरिएको संघका महासचिव राजन खत्रीले जानकारी दिए ।  प्रतियोगितामा प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीलाई १५ हजार रुपैयाँ, द्धितियलाई १० हजार रुपैयाँ र तृतिय हुने २ जना खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँका दरले नगद पुरस्कारका साथै पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै महिला तथा पुरुष तर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

महासचिव खत्रीका अनुसार प्रतियोगिता संचालन गर्न बिभिन्न ५ वटा समितिहरु गठन गरिएको छ । नेपाल फुल कन्ट्याक्ट कराते महासंघबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि १४ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया



थप समाचारहरु