निरन्तर सम्झनामा कमरेड बलराम


मेचीकाली

-होप्रसाद चौंलागाँईं

दुई दशकको समयभन्दा अघि पाँचखाल गाउँ विकास समितिको गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले एउटा होनहार ब्यक्तिलाई बेपत्ता बनाउने काम ग¥यो । विसं २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रम मार्फत ‘सफाया’ गरेको घोषणा भएकोे ब्यक्तिको नाम हो ‘क. बलराम’ । 

सम्झना छ, म जोरपाटी नि.मा.वि., तिनपिप्लेको कक्षा ५ मा पढ्दै थिएँ । २०५४ को स्थानीय निकायको निर्वाचनको समय आएको थियो । रुद्रबहादुर बानिया सर मलाई अंग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो र हेडसर पनि । पछिसम्म पनि रुद्रबहादुर बानिया सरलाई उहाँको नाम भनेर बोलाउन आउँदैनथ्यो, हेडसर भन्ने गर्दथ्यौं । 

त्यति बेला मैले मजाले चिन्ने नाम भनेको उही ‘हेडसर’ नै थियो । दुबैजना वि.सं. २०५४ को स्थानीय निर्वाचनमा एमालेबाट क्रमशः गा.वि.स. अध्यक्ष र उपाध्यक्षमा उठ्नु भएको रहेछ । बच्चा न परियो । त्यो त निर्वाचनको परिणाम पछि बिजय जुलुबमा जाने बेलाँ बल्ल थाहा भयो । 

ऐले जस्तो लाग्छ, बिजय ¥यालीमा आमा÷बुबा, दाजु÷भाइ–धन्यवाद छ सबैलाई ! ७ सूर्य, ५ छाप–नेकपा एमाले जिन्दावाद ! भन्दै पाँचखालको प्रत्येक वडाको टोल टोल र बस्ती बस्ती मात्र नभएर घर घर रमाउँदै हिंडेको । झिंगानपुरको फाँट, ढुंगानावेसीको बस्ती र पाँचखालको कुना कन्दरा, सबैठाउँमा उफ्रँदै र रमाउँदै कतै दहि, कतै केरा त कतै पूmलमालाको स्वागत मेरो बाल मानशपटलमा परेको त्यो उच्च छाप कहिल्यै कहिल्यै हट्ने छैन ।  

सादा जीवन र उच्च बिचारका धनी सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय थिए । पाँचखालमात्र नभएर सिंगो काभ्रेली जनताको मन र मष्तिष्कमा रहन सफल, सापकोटाको पत्नी र दुई छोरी छन् । उनी र उनको सग्लो शरीर हाम्रो विच नभएपनि उनको शालिक गत वर्षनै बनिसकेको छ । सापकोटा परिवारले ‘नेपालको शहीदहरु’ को सूचीमा उनको नाम सूचीकृत गर्न माग गर्दै आएको छ । उनको सम्झानामा केही वर्षअघि उनकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ को समेत निर्माण भैसकेको छ ।

राजनीतिमा कयौं उतार चढाब आउँछन् । एउटा उतार चढाब अप्ठेरै परिस्थितिमा नहुनुपर्ने गरी अकारण निहत्था ढंगले भएको कार्यप्रति हामी सबै दुखित छौं र निरन्तर खेद व्यक्त गर्दै आइरहेका छौं ।  बलरामको व्यक्तित्व एवं सामाजिक अभियन्तालाई जिवन्तता दिने कुरा महत्वपूर्ण छ र त्यो भैरहेकोपनि । यस सन्दर्भमा पार्टीले क. बलरामलाई सहिद घोषणा गरेको छ । तर राज्यले छैन । राज्यको तर्फबाट पनि सहिद घोषणाको लागि पहल हुनुपर्ने कुरामा सांगाठिानिक तबरबाट पहल भैरहेको छ । 


पाँचखालको मुहारमा उज्यालो चमक ल्याउनाका साथै पाँचखाल बासिहरूको हितको खातिर कार्य गर्ने उद्देश्यले निरन्तर रुपमा अगाडि बढ्दै जाने क्रममा आज भन्दा २५ बर्ष अगाडि माओवादी १० बर्से जनयुद्धको क्रममा बेपत्ता पारी ह’त्या भएको थियो ।

कलिलै उमेरमा पाँचखालको मुहारमा चमक ल्याउने अठोटका साथ अगाडि बढेका सापकोटा पाँचखालमा ०४३ सालमा उप–प्रधान पञ्चको जिम्मेवारी सम्हाल्दै सर्वहाराको हितको खातिर संगठन विस्तार कार्यमा निरन्तर लाग्दै आउनु भएको थियो । त्यतिबेलाका आफ्नो प्रधानपञ्च मुक्तिनाथ अधिकारीसँग समेत मुलुकमा आमूल परिवर्तन गर्दै बहुदल ल्याउनु पर्ने विषयमा छलफल गर्दै दुवै जना एक ढिक्का भएर बहुदलको लागि भूमिगत ढंगबाट संगठन निर्माण गर्ने कार्यमा जुट्नु भएको इतिहास छ ।

यति बेला उनी हामी माँझ नभएपनि एमालेले स्वर्गिय बलराम सापकोटाको परिवारको साथमा नेकपा एमाले पार्टी भएको आभाष दिइरहेको छ । कहिले खेल मैदानको निर्माण त कहिले शालिकको अनावरण, एमालेले बलराम सम्झेको ताजा उदाहरण हो । त्यति मात्र नभएर पाँचखाल र आसपासका सम्पूर्ण समाज बलराम परिवारको साथमा छ । त्यसैले बितिसकेको कुरालाई लिएर निरास हुनु पर्ने अवस्था छैन । सरसर्ती भन्नु पर्दा–“बलराम सापकोटा एउटा व्यक्ति हो । ब्यक्ति भएरै फरक मान्छेपनि । उनी एउटा सामान्य ब्यक्तिमात्र नभएर एउटा सामाजिक अभियन्ताको साथै सचेत राजनीतिज्ञपनि थिए । 

राजनीतिमा कयौं उतार चढाब आउँछन् । एउटा उतार चढाब अप्ठेरै परिस्थितिमा नहुनुपर्ने गरी अकारण निहत्था ढंगले भएको कार्यप्रति हामी सबै दुखित छौं र निरन्तर खेद व्यक्त गर्दै आइरहेका छौं ।  बलरामको व्यक्तित्व एवं सामाजिक अभियन्तालाई जिवन्तता दिने कुरा महत्वपूर्ण छ र त्यो भैरहेकोपनि । यस सन्दर्भमा पार्टीले क. बलरामलाई सहिद घोषणा गरेको छ । तर राज्यले छैन । राज्यको तर्फबाट पनि सहिद घोषणाको लागि पहल हुनुपर्ने कुरामा सांगाठिानिक तबरबाट पहल भैरहेको छ । 

बलराम सापकोटालाई अपहरण गरी लामो समयसम्म बेपत्ता पारिएपनि उनका ह’त्याराहरुले अपहरण गरी लगेकै रात ह’त्या गरेको जानकारी धेरै समयपछि मात्र खुलाएका थिए । त्यस अपहरण र ह’त्यामा संलग्न कोहि मान्छे नेकपा एमाले र माओवादीसँगको एकतापछि बनेको नेकपाको जिल्ला अध्यक्ष हुँदै माननीय समेत बनिसकेका छन् । एमालेको स्थानीय कार्यकर्ताको ठूलो दबाबका कारण एमाले केन्द्रीय कमिटीको सक्रियतामा बलराम सापकोटाको अपहरणकै दिन ह’त्या भएको कुराको जानकारी खुलेकोे थियो ।

स्व. बलराम सापकोटाको अवस्था सार्वजनिक हुनासाथ नेकपा एमाले पाँचखाल गाउँ कमिटीका पदाधिकारीहरुको सक्रियता र पार्टीका केन्द्रिय नेताको सक्रियतामा बलराम सापकोटा स्मृति प्रतिष्ठान नामक संस्थाको गठन गरेको थियो । उक्त संस्थाले केहि रकम स्मृति प्रतिष्ठानमा जम्मा गरेको थियो । र समयक्रमसंगै बलराम सापकोटा स्मृति खेल मैदान र सम्झनाको लागि उनको शालिक समेतको निर्माण कार्य सम्पन्न भइसकेको छ ।  

बलरामलाई शालिकमा हेरेर र उनलाई वर्षको एक दिन सम्झेर मात्र पुग्दैन । यसको लागि त्यतिबेला देखि उनले गरेका अठोट र देख्दै आएको सपनालाई साकार पार्न सक्नु पर्दछ । पाँचखालमा २०५४ पछि भएका २ ओटा निर्वाचनमा उनको पार्टीलाई जिताउन सकिएको छैन । २ पटकसम्म उनले दुःख गरेर बनाएको पार्टी हारिसकेको छ । पाचखालमा नेकपा एमालेको संगठन बलियो बनाउनु र उनले बोकेको मुद्दालाई सशक्त बनाउन पाँचखाल नगरपालिकामा एमालेलाई जिताउनु पर्दछ । अनिमात्र क. बलराम र रुद्र सरले लिएको मार्ग फराकिलो बन्न सक्छ । धन्यवाद !


प्रतिक्रिया



थप समाचारहरु