एमाले काभ्रेको अधिवेशन ऐतिहासिक हुनेछ– नेता बाँस्कोटा


मेचीकाली

धुलिखेल– नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले यहि पुस २३ गते काभ्रेको धुलिखेलमा हुने नेकपा एमालेको जिल्ला अधिवेशन ऐतिहासिक हुने दावी गर्नुभएको छ । नेकपा एमाले धुलिखेल नगर कमिटिको शनिवार कार्यालय उद्घाटन गर्दै नेता बाँस्कोटाले एमाले काभ्रेको जिल्ला अधिवेशनमा ५० हजार नागरिक सहभागि हुने बताउनुभयो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्माले जिल्ला अधिवेशनको उद्घाटन गर्ने बताउनुभयो । 

नेता बाँस्कोटाले नेकपा एमालेको इतिहास एमाले नै तोड्ने बताउँदै यस पटकको जिल्ला अधिवेशनले समेत उक्त कुरालाई पुष्टि गर्ने बताउनुभयो । उहाँले नेकपा एमालेले मात्रै देशलाई सहि बाटोमा डो¥याउने, लोकतन्त्रको रक्षा र देशलाई राम्रो सञ्चालन गर्ने काम एमालेको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेबाट चोइटिएर गएका व्यक्तिहरुले आगामी निर्वाचनमा सूर्य वा रुखमा भोट हाल्नुपर्ने बाध्यतामा रहने बताउनुभयो । उहाँले एमालेबाट चोइटिएर गएर बनेको दलले एउटा वडा सदस्य समेत नजित्ने भएकोले त्यसमा आवद्ध व्यक्तिले सूर्य र रुखलाई बाहेक भोट हाल्ने अवस्था नरहेको बताउनुभयो । 

उहाँले नेकपा एमालेको जिल्ला अधिवेशन राजनीतिक, बैचारिक, सांगठनिक, प्रचारप्रसार र जनपरिचालन र व्यवस्थापनको हिसाबले समेत ऐतिहासिक हुने बताउनुभयो । उहाँले जिल्ला अधिवेशनको व्यवस्थापन एमाले धुलिखेल नगर कमिटिले गर्नुपर्ने जिम्मेवारी रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेबाट केन्द्रिय कमिटिमा निर्वाचित र मनोनयन भएका गोकुल बाँस्कोटा, रेशम लामा, नविना लामा र रुक्मिणी रानालाई बधाई तथा सम्मान पत्रले सम्मान गरिएको थियो । 

कार्यक्रममा केन्द्रिय सदस्य, रेशम लामा, नविना लामा, रुक्मिणी राना, नेकपा एमाले बागमती प्रदेशका उपाध्यक्ष रामहरि सुवेदी, नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुलगायतले राष्ट्रिय राजनीतिमा एमालेको भूमिकाको बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रम एमाले धुलिखेल नगर कमिटि अध्यक्ष दयाराम महतको सभापतित्वमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु