सरकारलाई ‘किसानमारा’ भन्दै आन्दोलनमा उत्रन बाँस्कोटाको आह्वान


मेचीकाली

रविओपी (धुलिखेल)- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले गठवन्धन सरकारले नेपाल र नेपालीको हितमा केहि गर्न नसकेको आरोप लगाएका छन् । 

किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दुध विक्री गरेको मुल्य नदिएर चरम शोषण गरिरहेको पनि उनले बताए । नेपालकै नमुना दुग्ध सहकारी संस्था धुलिखेल नगरपालिका वडा नम्वर २ को सेतिदेवीको २३ औं बार्षिक साधारण सभामा बोल्दै पुर्व मन्त्री गोकुल बाँस्कोटाले किसानहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन किसानहरुलाई अनुरोध गरे । 

उनले कतिपय ठेकेदारको उक्साहटमा लागेर किसानले सडकमा दूध पोख्ने गरेको भन्दै त्यसो नगर्न किसानहरुलाई आग्रह पनि गरे । सरकार लुटेरा बनिरहेको भन्दै उनले संसद र सरकारलाई पटक पटक खवरदारी गरेको भए पनि सरकारले वेवास्ता गरेको बताए । सरकार नेपाली किसानहरुको दुधको मुल्य दिन छाडेर भारतिय दुध र पाउडर ल्याउँदै गरेको आरोप मन्त्री बाँस्कोटाले लगाए । समाजबादको वकालत गर्ने कृषि मन्त्री के हेरेर बसेका छन् ? भन्दै बाँस्कोटाले  यो सरकारको ध्यान नीजि स्वार्थ बाहेक अन्यत्र नरहेको बताए । बाटोघाटो पुल पुलेसामा यो सरकारको ध्यान नरहेको र यस्तो सरकार पञ्चायतकालमा समेत नबनेको बाँस्कोटाको आरोप छ । रविओपी हुँदै पाँचखाल जाने सडक वर्तमान गठवन्धनको सरकारकै कारण पुर्णरुपमा बन्न नसकेको बाँस्कोटाले बताए । उक्त सडकमा बनाउनुपर्ने पुलको कामसमेत सरकारी बेवास्ताका कारण अघि बढ्न नसकेको आरोप बास्कोटाले लगाएका छन् । 

भिडियो

प्रतिक्रिया



थप समाचारहरु