विकासविरोधी गठवन्धन, यी हुन् काभ्रेमा बजेट काटिएका सडक


मेचीकाली

बनेपा–सत्ता गठवन्धनका नेता नेकपा एमालेको नेतृत्वमा भएको सरकारले काभ्रेमा ल्याएको विकासको लहरलाई नजरअन्दाज गर्दै आफूहरु विकासको पहरेदार भएको भाषण गर्दै हिँड्न थालेका छन् । 

तर, पूर्व मन्त्री गोकुल बास्कोटा मार्फत अघिल्लो केपी ओली नेतृत्वको सरकारले विनियोजन गरेका जिल्लाका २९ वटा सडकमा विनियोजन भएको रकम कटौती गरेको छ । उक्त सडक आयोजना खारेज गरिएको छ । खारेज गरिएका आयोजनाको प्रति सडक २४ लाखका दरले बजेट विनियोजन भएको थियो । अर्काे महत्वपूर्ण गौरवको आयोजना हो काठमाडौं पाँचखाल सुरुङ मार्ग हो । काठमाडौको बैकल्पिक शहर बनाउने नेकपा एमालेको योजनामा गठबन्धन दलहरुले तुषारापात गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक पूर्वाधार कार्यक्रम तर्फ १६५ निर्वाचन क्षेत्रमा १ हजार ४ सय १० वटा सडक शिलान्यास गरेका थिए । सडकका लागि अघिल्लो सरकारले तीन अर्ब ३९ करोड ७० लाख बजेट बिनियोजन गरेको थियो । 


१) नगरकोट–गैरिबिसौना–नगरकोट सडक

२) बोहोरेदोभान–ठूलोपर्सेल–माम्ती सडक

३) बनखु–घर्तिछाप–गोकुले–तालढुङ्गा–मिल्चे सडक

४) बोहोरेदोभान–खहरेखोला–गोठपानी कात्तिके देउराली मादनकुँडारी सडक

५) नगरकोट–गैरिबिसौना– हिगुवापाटी सडक 

६) बोहेरेदोभान–ठूलोपर्सेल–माम्ती सडक

७) भकुण्डेबेंसी अमर निबास सडक

८) पाँचखाल पलाञ्चोक भगवती सडक

९) पनौती नमोबुद्ध सडक

१०) ढाँडखर्क भञ्ज्याङ देउराली मादनकुँडारी सडक

११) बनेपा–रविओपी–पाँचखाल सडक

१२) काभ्रे–नमोबुद्ध–काँक्रे सडक

१३) नगरकोट–गैरिबिसौना–ढाँडखोला सडक

१४) भक्तपुर नगरकोट देउपुर–हिंगुवापाटी–काभ्रे सडक

१५) मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुबोट–कुँडारी– मादन कात्तिकेदेउराली–जिरोकिलो (स्तरोन्नतीसहित कालोपत्रे) सडक

१६) भकुण्डेबेंसी–आरुटार (नमोबुद्ध नपा–३ मा) कल्भर्ट निर्माण

१७) झिकुखोला करिडोर (सडक) निर्माण, पचुवारघाट सरमथली हुँदै तेमाल गाउँपालिकाको पोखरीनारायणस्थान जोड्ने सडक

१८) गेल्डुङ–गोल्माकोट सडक स्तरोन्नती

१९) मल्पी–भुँमेडाँडा–जोरघट्ट सडक

२०) धुलिखेल देवीस्थान सडक

२१) हिगुवापाटी–मनसादेवी–कुन्ताबेंसी सडक

२२) झिकुखोला करिडोर (दोस्रो खण्ड) सडक

२३) पलाञ्चोक भगवती–डाँडागाउँ विमिरे सडक

२४) खोपासी–ढुंखर्क–मिल्चे बोराङ फापरबारी हुँदै हेटौडा (स्तरोन्नती) सडक

२५) भकुण्डेबेंसी–कानपुर तिमाल मेच्छे सडक

२६) धुलिखेल अस्पताल सडक

२७) भोर्लेटार–काभ्रे सडक

२८) हिगुवापाटी–मनसादेवी–कुन्ताबेंसी (खण्ड) सडक

२९) चालिसे–दारिमबोट रोशी सडक


प्रतिक्रिया



थप समाचारहरु