जिल्ला अधिवेशन गर्दै एकीकृत समाजवादी काभ्रे


मेचीकाली

बनेपा-नेकपा एकीकृत समाजवादी (नेकपा एस) काभ्रेको दशौं जिल्ला अधिवेशन यही चैत ३ गते बनेपामा सुरु हुने भएको छ  । आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा नकपा एसका जिल्ला संयोजक बसुन्धरा हुमागाईंले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । 


चैत ४ गतेसम्म चले अधिवेशनको अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् । अधिवेशनमा पार्टीका महासचिव घनश्याम भुषालको समेत विशेष सहभागिता रहने हुमागाईंले बताए । उनका अनुसार यो अधिवेशनसम्म आईपुग्दाका साढे दुई वर्षमा ३९६६ संगठित पार्टी सदस्यहरु विस्तार भएर हाम्रो गौरवशाली पार्टीमा गोलवद्ध भएका छन् । पार्टीले जिल्लाका १३ वटै स्थानीय तहहरुमा गाउँपालिका तथा नगरपालिका कमिटी गठन गरिसकेको छ । जिल्लाका १३५ वटा वडामध्ये १ सय १७ वडाहरुमा पार्टी संगठन पुगिसकेको छ । यस्तै पार्टीको भातृ संगठनको रुपमा जिल्लामा २२ वटा जनवर्गीय संगठनहरु गठन भइसकेका छन् । 

यस अधिवेशनमा वडा, नगर, गाउँ तथा जनवर्गीय संगठनहरुबाट संगठित पार्टी सदस्य संख्याको अनुपातमा ४ सय ७६ जना प्रतिनिधीहरु निर्वाचित भइ जिल्ला अधिवेशनमा सहभागी हुने बताइएको छ । “समृद्ध काभ्रे निर्माण हाम्रो अभियान, सुदृढ कम्युनिष्ट आन्दोलनका लागि दशौं जिल्ला अधिवेशन” भन्ने मूल नाराका साथ आयोजित अधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनको बैचारिक अडान, रणनैतिक र कार्यनैतिक प्रश्न, क्रान्तिको कार्यदिशा आदिमा राष्टिय रुपमा टुट्दै गएको कडीलाई जोड्दै पुनः एकपटक एकतावद्ध कम्युनिष्ट शक्तिको निर्माण मार्फत समृद्धि र समाजवादीको बाटोमा अगाडि बढ्न यो अधिवेशनले कमसेकम एउटा ईट्टा थप्ने काम गर्ने अपेक्षा रहेको हुमागाईंले बताए ।

पत्रकार सम्मेलनमा जिल्ला इन्चार्ज टोकवहादुर वाइवा, प्रचार विभाग प्रमुख सरोज कुइँकेल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष ध्रुव रायमाझी लगायतले अधिवेशनको तयारीबारे जानकारी दिएका थिए । 





                       


प्रतिक्रिया



थप समाचारहरु