एमालेसँगको एकताबारे माधव नेपाल : पहिला सासै गन्हाउने अवस्था थियो अब त्यस्तो छैन


मेचीकाली

काभ्रे– रातारात कांग्रेससँगको गठवन्धन भत्काएपछि माओवादी अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर नयाँ गठवन्धन बनाएसँगै फेरि कम्युनिष्ट एकताको कुरा चल्न थालेको छ । यहीबीचमा एमाले अध्यक्ष  केपी ओली र एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मन माझामाझ भएको र एमाले र नेकपा एस मिल्ने हल्ला चलिरहेको छ । तर, नेकपा एसका अध्यक्ष नेपालले एमालेसँग मिल्ने कुरा हल्लामात्रै भएको बताएका छन् ।

आज नेकपा एस काभ्रेको दशौं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई संवोधन गर्दै अध्यक्ष नेपालले नेकपा एकिकृत समाजवादी पार्टी एमालेमा मिल्ने भयो भन्ने हल्ला सत्य नभएको बताए । विगतमा एमाले र समाजवादी एक ठाउँमा बस्न नसक्ने, एक आपसमा नजिक हुँदा सास नै गन्हाउने अवस्था भएपनि पछिल्लो दिनमा सम्बन्धमा सुधार आएको उनले बताए । ‘हाम्रो पार्टी एमालेसँग मिल्ने भयो भनेर प्रचार गरिरहेका छन् यो सत्य हैन, हाम्रो पार्टी कुनै पाटीसँग मिल्न गएको छैन’, अध्यक्ष नेपालले भने । एकिकृत समाजवादीको नेपालका कम्यूनिष्ट पार्टीहरुलाई मिलाएर अघि जानुपर्छ भन्ने घोषित उद्देश्य रहेको अध्यक्ष नेपालका भनाई छ । ‘कटुता भएको बेला मन पर्दैन, अविश्वास बढेको बेलामा धेरै कुरामा शंका हुने गर्दछ, राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन यो कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने जरुरी छ’ उनले भने ।

अध्यक्ष नेपालले कम्यूनिष्ट पार्टीहरुबीच  बिचार, मन बिधी, नीति र सिद्धान्त नमिलेसम्म पार्टीहरु एक हुन नसक्ने भएकोले आजभोली छिट्टै पार्टीहरु मिल्ने अवस्था नहरको स्पष्ट पारे । नेपालको राजनीतिमा पनि रङ्गहरु फेरिएर कहिले एउटा गठनबन्धन कहिले अर्को गठबन्धन बनिरहेको उनको भनाई थियो । अहिलेको गठनबन्धन कहिलेसम्म रहन्छ र यसमा सामेल रहेका दलहरु बाँकी अवधिसम्म रहि रहन्छन भन्ने गम्भीर प्रश्न खडा भएको बताउँदै आफुहरु सम्झौता पालना गर्न प्रतिवद्ध रहेको अध्यक्ष नेपालले बताएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु