एमाले नमोबुद्धको प्रतिवद्धता : नगरबाट बडापत्रअनुसार सेवा नपाए क्षतिपूर्ति दिइने


मेचीकाली

नमोबुद्ध–नेकपा एमाले नमोबुद्धले नगरपालिकामा क्षतिपूर्तिसहितको नागरिक बडापत्र लागुगर्ने प्रतिवद्धता जनाएको छ । स्थानीय तह चुनावका लागि एमाले नमोबुद्धले जारी गरेको प्रतिवद्धतापत्रमा सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्न क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गर्ने उल्लेख गरिएको छ । अर्थात, नगरपालिकामा सेवाग्राहीले बडापत्रअनुसार सेवा प्राप्त गर्न नसके क्षतिपूर्तिसमेत पाउनेछन् । यसबाट नगरपालिकामा सुशासन कायम हुने अपेक्षा एमालेले गरेको छ । 

एमाले नमोबुद्धले अहिले चुनावी घर दैलो अभियान अन्तिम चरणमा पु्र्याएको छ । अभियानमा प्राप्त जनसमर्थनबाट एमालेका उम्मेदवारहरु उत्साही देखिएका छन् । आफूहरु पुरा गर्न नसकिने योजना बोकेर नआएको र स्थानीय जनताको आवश्यकता संवोधन हुने खालका योजनासहित चुनावमा होमिएको एमालेका उम्मेदवारहरुको भनाई छ । नेकपा एमालेले नमोबुद्धमा नगर प्रमुख पदमा राजन भुर्तेल र उपप्रमुख पदमा सम्झना लामालाई उम्मेदवार बनाएको छ । 

एमालेले नमोबुद्ध नगरपालिकामा पुनः विजय प्राप्त गरेमा नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु असाहय, अपाङ्ग, वृद्धवृद्धा एवं दृष्टिबिहीन लगायत सबै प्रकारका अपाङ्गता भएका नागरिकले प्राप्त गर्ने गरी नागरिकमैत्री सेवा प्रवाह गर्ने, पारदर्शिता एवं सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सावर्जनिकीकरण गर्ने प्रतिवद्धता पनि जनाएको छ । 


यस्ता छन् संस्थागत विकास र सुशासनतर्फ एमाले नमोबुद्धको प्रतिवद्धता

संस्थागत विकास तथा सुशासन

- सेवाग्राहीका अधिकारलाई सुरक्षित गर्न क्षतिपूर्ति सहितको नागरिक वडापत्र लागू गरिनेछ ।

- सेवा प्रवाहको हरेक क्षेत्रमा प्रविधिको विकास तथा विस्तार गरी विद्धुतीय सरकार ९भ(न्यखभचलबलअभ० लाई लागू गरी यलष्लिभ बाटै सेवा प्रवाह गर्ने नीति लागू गरिनेछ ।

- नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु असाहय, अपाङ्ग, वृद्धवृद्धा एवं दृष्टिबिहीन लगायत सबै प्रकारका अपाङ्गता भएका नागरिकले प्राप्त गर्ने गरी नागरिकमैत्री सेवा प्रवाह गरिनेछ ।

- पारदर्शिता एवं सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सावर्जनिकीकरण गरिनेछ ।

- नगरपालिकामा आवश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी नगरवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ ।

- नगरको समग्र विकासमा सामुदायिक संस्थाहरु, वडा नागरिक मञ्च, गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ ।

- वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ ।

- वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति आपूर्ति गरिनेछ ।

- नगरपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ ।

- गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र बिश्वसनीय बनाउन ईबिडिङ प्रणालीलाई कार्यान्वयन गरिनेछ । गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ ।

- विकास कार्यहरुको व्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।

- नगरक्षेत्रको योजनाबद्ध विकासमा सहयोग पुर्याउन योजनाविद् र बृद्धिजीवीहरु सम्मिलित नगरस्तरीय योजना आयोगको गठन गरिनेछ ।

- नमोबुद्ध नगरपालिकालाई बिश्वका बिभिन्न विकसित शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरी स्थानीय विकासका अनुभवहरु आदान प्रदान गरिनेछ ।

- नगरपालिकाको आन्तरिक आयमा बृद्धि ल्याउन राजश्व सम्भावित क्षेत्रहरुको पहिचान, विस्तार गर्दै पारदर्शी ब्यवहारिक र जनमुखी कर प्रणालीको विकास गरिनेछ ।

- भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी असल शासन र भ्रष्टाचार नियन्त्रणको लागि नीति, ऐन कानून बनाई कार्यान्वयन गरिनेछ ।

- निर्बाचित पदाधिकारी तथा कर्मचारी प्रशासन संयन्त्रलाई सबल, सक्षम, समावेशी, प्रभावकारी, जवाफदेही, सदाचारी, पारदर्शी र बित्तीय जोखिममुक्त बनाउन आचार संहिता बनाई लागू गरिनेछ ।

- प्रत्येक वडामा उपभोक्ता हित संरक्षणसम्बन्धी निकाय स्थापना गरेर उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ । सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ ।

न्यायमा समान पहुँच

- न्यायिक समितिबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पु¥याइनेछ । 

- सबै वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिनेछ ।

- न्यायिक समितिको छुट्टै भवन निर्माण गरिनेछ । न्याय प्रणालीलाई विश्वसनीय, पारदर्शी र छिटो छरितो बनाईने छ ।


प्रतिक्रिया



थप समाचारहरु