काभ्रेमा एमाले : सिट घटे पनि घटेन जनमत


मेचीकाली

धुलिखेल-२०७४ सालमा नेकपा एमालेले १ सय ३५ वडा मध्ये ५६ वडामा विजय प्राप्त गरेको थियो । एमाले फुटेको र गठवन्धनका कारण एमालेले मत बढाए पनि सिट संख्या घटाएको छ । प्रमुख र उपप्रमुख गरी १४ सिट प्राप्त गरेको एमालेले ४ सिटमा चित्त बुझाउनु परेको छ । ४३ वडामा विजय प्राप्त गरेको एमालेले १३ वडा गुमाएको छ । ७ सय १ मध्ये २ सय ४५ सिटमा एमालेले एक्लै विजय प्राप्त गरेको छ । 

२०७४ मा विजयी भएको वडाहरुमा पराजय भोगेको भए पनि नयाँ वडाहरुमा एमालेले पकड जमाएको छ । रोशीमा गोला प्रथामा एउटा वडामा पराजय भोगेको एमालेले खानिखोलामा एक मतले पराजय भोग्नु परेको छ । पनौती १२ मा ६ मतले पराजय ब्यहोरेको छ । कोशिपारीको चौरीदेउरालीमा पनि एमालेले थोरै मतान्तरले पराजय ब्यहोरेको छ । टिकट वितरणका कारण एमालेले केहि स्थानमा पराजय ब्यहोरेको निश्कर्ष निकालेको छ ।

नेपाली काँग्रेसले २०७४ मा ४९ वटा वडामा विजय प्राप्त गरेको थियो । ४ वटा पालिकामा ८ सिट जितेको नेपाली काँग्रेसले यो पटक १३ सिट सहित ६१ वडामा विजय प्राप्त गरेको छ । गठवन्धनका कारण नेपाली काँग्रेसले धेरै लाभ लिएको छ । ७ सय १ मध्ये काँग्रेसको ३ सय १६ सिटमा विजय भएको छ । गठवन्धनको लाभ नेकपा माओवादीले पनि प्राप्त गरेको छ । २ वटा पालिकामा ४ सिट र २३ वटा वडामा विजयी भएको थियो । गठवन्धनका कारण माओवादीले ४ वटा पालिकामा ७ सिट र २४ वटा वडामा विजय हासिल गरेको छ । माओवादीले कुल १ सय ११ सिटमा विजय हासिल गरेको छ । नेपाली काँग्रेस र माओवादी दुबैले विगतमा जितेका वडाहरुमा पराजय ब्यहोरेको छ भने नयाँ वडाहरुमा विजय हासिल गरेको छ । नेकपा समाजबादीले एक पालिकामा प्रमुख र ४ वटा वडामा विजय हासिल गरेको छ । कुल प्राप्त गरेको २१ सिटमा पनि गठवन्धनले सघाएको छ । राप्रपा नेपालले १ एउटा वडामा मात्रै विजय हासिल गरेको छ । २०७४ मा एमालेले ५६, काँग्रेसले ४९, माओवादीले २३, राप्रपाले ३, फोरम २, स्वतन्त्र २ जनाले वडामा विजय हासिल गरेका थिए । २०७९ मा नेकपा एमालेले ४३, काँग्रेसले ६०, माओवादीले २५, समाजवादीले ४, स्वतन्त्र २ र राप्रपा १ जनाले वडामा जितेका छन् । 


१६६०८ थपियो मत

स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो । एमालेले थपिएका मतदाताहरुको आर्कषण बढाउँदै एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६६०८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५२५५ मत प्राप्त गरेको छ । 

गठवन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेशवादी दलहरु समेतको कुल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ । एमालेको भन्दा गठवन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा २९ हजार २ सय ७५ रहेको छ । 

२०७९ सालमा गठवन्धनको मत प्रमुख र अध्यक्ष पदमा १ लाख ६ हजार २ सय १० मत प्राप्त गरेका छन् उपप्रमुख र उपाध्यक्ष पदमा ९७ हजार ३९ रहेको छ । नेकपा एमाले एक्लैले एमालेको मत प्रमुख र अध्यक्ष पदमा ८५ हजार २ सय ५५ रहेको छ भने उपप्रमुख र उपाध्यक्ष पदमा ८१ हजार ७  सय ३ रहेको छ । 


२०७९ मा नेकपा एमाले एक्लै र गठवन्धनमा रहेका दलहरुले प्राप्त गरेको मत परिणाम 

नगरपालिका तर्फ 

बनेपा 

गठवन्धन (रुख) प्रमुख – शान्तिरत्न शाक्य– १३७९३ (विजयी)

एमाले एक्लै (सुर्य) उपप्रमुख – विमला सापकोटा – ११९९२ (विजयी)

रत्नकुश रञ्जित (सुर्य)– ११८३५ (अन्तर १९५८)

रघुवर चौ प्रधान (गठवन्धन कलम)– १०५९५ (अन्तर १४७७) 


मण्डन देउपुर 

गठवन्धन (कलम) प्रमुख –  टोकबहादुर वाईवा – ९४०६ (विजयी)

गठवन्धन (रुख) उपप्रमुख – विष्णुमणी सापकोटा – ११३०५ (विजयी)

विदुरप्रसाद सापकोटा (सुर्य)– ८३५१ (अन्तर १०५५)

सरला लामिछाने (सुर्य)– ६९२४ (अन्तर ४३८१) 


नमोबुद्ध

गठवन्धन (रुख) प्रमुख –  कुन्साङ लामा – १२२११ (विजयी)

गठवन्धन (हसिया हथौडा) उपप्रमुख – रत्न लामा – ८१८७ (विजयी)

राजन भुर्तेल (सुर्य)– ५०२२ (अन्तर ७१८९)

सम्झना लामा (सुर्य)– ६५४३ (अन्तर १६४४) 


पनौती 

गठवन्धन (रुख) प्रमुख – रामशरण भण्डारी – १४०५० (विजयी)

एमाले एक्लै (सुर्य) उपप्रमुख – गिता बञ्जारा –१२३३७ (विजयी)

भिम न्यौपाने (सुर्य)–११७८३ (अन्तर २२६७)

गठवन्धन (कलम) छविलाल हुमागाई– १०३८८ (अन्तर १९४९) 



पाँचखाल

गठवन्धन (रुख) प्रमुख – महेश खरेल – १२८३६ (विजयी)

एमाले एक्लै (सुर्य) उपप्रमुख – सुर्यमाया दनुवार – ९५३४ (विजयी)

कञ्चन अधिकारी (सुर्य)– ८११५ (अन्तर ४६५१)

गठवन्धन (हसिया हथौडा) मणिप्रसाद गौतम – ९०१० (अन्तर ५२४) 


धुलिखेल

एमाले एक्लै (सुर्य) प्रमुख – अशोक ब्याञ्जु – ८३४९ (विजयी)

गठवन्धन (रुख) उप प्रमुख – निराजन जंगम – ७९१० (विजयी)

गठवन्धन (कलम) दयासागर श्रेष्ठ प्रमुख – १८१५ (अन्तर ६५३४)

स्वतन्त्र (घोडा) काँग्रेसका बागि विदुर बस्नेत प्रमुख – ७४०९ (अन्तर ९४०) 

एमाले एक्लै (सुर्य) उपप्रमुख – लालतारा अधिकारी – ७७९० (अन्तर १२०)

गठवन्धन (हसिया हथौडा) मणिप्रसाद गौतम – ९०१० (अन्तर ५२४) 



गाउँपालिका

भुम्लु 

गठवन्धन (हसिया हथौडा) अध्यक्ष – प्रेमबहादुर भुजेल – ५७९२ (विजयी)

गठवन्धन (रुख ) उपाध्यक्ष – जितेन्द्रमान तामाङ (दावा) – ६०९८ (विजयी)

प्रेमबहादुर लामा (सुर्य)– ४५६८ (अन्तर १२२४)

कल्पना श्रेष्ठ (सुर्य)– ४०२९ (अन्तर २०६९) 


चौरीदेउराली

गठवन्धन (हसिया हथौडा) अध्यक्ष – रेणुका चौलागाई – ६२२८ (विजयी)

गठवन्धन (रुख) उपाध्यक्ष – शेरबहादुर लामा – ७२१९ (विजयी)

जिताराम लामा (सुर्य)– ५४६३ (अन्तर ७६५)

बविता खरेल (सुर्य)– ३५४९ (अन्तर ३६७०) 



खानिखोला

गठवन्धन (हसिया हथौडा) अध्यक्ष – इन्द्रबहादुर तामाङ – ४४८५(विजयी)

गठवन्धन (रुख) उपाध्यक्ष – दोर्जेमान जिम्बा – ४३२८ (विजयी)

शेखर लामा (सुर्य)– ३१५६ (अन्तर १३२९)

रुकमणी गुरुङ (सुर्य) – २९८७ (अन्तर १३४१) 


महाभारत

गठवन्धन (हसिया हथौडा) अध्यक्ष – कान्छालाल जिम्बा ४८९१  (विजयी)

गठवन्धन (रुख) उपाध्यक्ष – सागर लामा – ४१६९ (विजयी)

पूर्णबहादुर वाईवा (सुर्य)–  ३१९५ (अन्तर १६९६ )

शान्ति राना मगर (सुर्य) – १५३० (अन्तर २६३९ ) 


बेथान्चोक

गठवन्धन (रुख) अध्यक्ष – भगवान अधिकारी – ६०९१ (विजयी)

गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – तारा राना मगर –४४९८ (विजयी)

कमल तिमल्सिना (सुर्य) – ३१६० (अन्तर २८५९ )

सरला लामिछाने (सुर्य)– ३५७३ (अन्तर ९२५) 


रोशी

गठवन्धन (रुख) अध्यक्ष – दिनेश लामा– ७५३४  (विजयी)

गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – मिमबहादुर वाईवा – ६६७२ (विजयी)

देवसागर लामा (सुर्य) – ६३५८ (अन्तर ११७६ )

बबिता बोहोरा (सुर्य) – ५९४३ (अन्तर ७२९) 


तेमाल

गठवन्धन (रुख) अध्यक्ष – चन्द्र लामा ७०७८ (विजयी)

गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – दलमान थोकर – ६६६० (विजयी)

इन्द्र लामा (सुर्य) – ५९००  (अन्तर )

सम्तेन लामा (सुर्य) – ४९७२  (अन्तर ) 



एमाले एक्लैको मत 

प्रमुख र अध्यक्ष पदमा – ८५२५५ 

उपप्रमुख र उपाध्यक्ष पदमा – ८१७०३


गठवन्धनको मत 

प्रमुख र अध्यक्ष पदमा – १०६२१०

उपप्रमुख र उपाध्यक्ष पदमा– ९७०३९


२०७४ मा यस्तो थियो परिणाम 

जिल्लाका १३ वटा स्थानीय तह मध्ये नेकपा एमालेले ७ वटा तहमा विजयी हासिल गरेको थियो । धुलिखेल, पनौती, बनेपा, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुखहरुले फराकिलो मतान्तरले विजय प्राप्त गरेका थिए । खानीखोला र भुम्लु गाउँपालिकामा एमालेले विजय प्राप्त गरेको थियो । तेमाल, बेथाञ्चोक, रोशी, पाँचखालमा नेपाली कांग्रेसले विजय प्राप्त ग¥यो । महाभारत र चौरीदेउरालीमा माओवादी केन्द्रले विजय प्राप्त ग¥यो । 


२०७४ मा प्राप्त मत 

धुलिखेल नगरपालिका – प्रमुख

अशोक ब्याञ्जु– ७९८१ (एमाले) विजयी

रमेशप्रसाद हुमागाई– ५४०८ (नेपाली कांग्रेस)

सरस्वती लामा– १६२१( माओवादी केन्द्र) 


मण्डन देउपुर नगरपालिका– प्रमुख

टोकबहादुर वाईवा– ६२३६ (नेकपा एमाले) विजयी

अच्युत पौड्याल– ५०७२ (नेपाली कांग्रेस) 

रिता ढकाल – २०२३ (माओवादी केन्द्र) 


नमोबुद्ध नगरपालिका– प्रमुख

टिपी शर्मा तिमल्सिना– ५३४६ (नेकपा एमाले) विजयी

कुन्साङ्ग लामा– ४९६१ (नेपाली कांग्रेस) 

रत्न लामा – ३८६७ (माओवादी केन्द्र) 


बनेपा नगरपालिका– प्रमुख

लक्ष्मी नरसिं बादे– ११४०९ (नेकपा एमाले) विजयी

राम जोशी– ९६५९ (नेपाली कांग्रेस) 

भोलाप्रसाद अर्याल – १३७० (माओवादी केन्द्र) 


पाँचखाल नगरपालिका– प्रमुख

महेश खरेल– ७३५६ (नेपाली कांग्रेस) विजयी

रुद्रबहादुर बाँनिया– ६८०० (नेकपा एमाले) 

आईते सिं तामाङ – ३२७९ (माओवादी केन्द्र) 


पनौती नगरपालिका– प्रमुख

भिम न्यौपाने– १२२५६(नेकपा एमाले) विजयी

विदुर बञ्जारा– ९१९० (नेपाली कांग्रेस) 

जमुना सापकोटा – १२३९ (माओवादी केन्द्र) 


भुम्लु गाउँपालिका– अध्यक्ष

गुमानध्वज कुँवर– ३५४८ (एमाले) विजयी

तस्विर लामा– २९४९ (नेपाली कांग्रेस)

नकुलप्रसाद पराजुली– २३९२ (माओवादी केन्द्र) 

   

                

रोशी गाउँपालिका– अध्यक्ष

दलबहादुर लामा– ४३७२ (नेपाली कांग्रेस) विजयी

बज्रध्वज लामा–२९५७ (नेकपा एमाले)

मिमबहादुर वाईवा– २२१९ (माओवादी केन्द्र) 


बेथाञ्चोक गाउँपालिका– अध्यक्ष

प्रेमबहादुर तिमल्सिना– ३८६८ (नेपाली कांग्रेस) विजयी

प्रेमकुमार तामाङ – २७४१ (नेकपा एमाले)

मर्दन सिं तामाङ– १७४९ (माओवादी केन्द्र) 

खानीखोला गाउँपालिका– अध्यक्ष

कृष्णबहादुर खुलाल– २०२३ (नेकपा एमाले) विजयी

गोपालबहादुर दर्लामी – १११५ (नेपाली कांग्रेस)

इन्द्रबहादुर थिङ्ग– १२०७ (माओवादी केन्द्र) 


तेमाल गाउँपालिका– अध्यक्ष

सलाम सिं तामाङ – ३९४९ ((नेपाली कांग्रेस) विजयी

प्रदिपकुमार लामा – ३३५९ (नेकपा एमाले)

गंगाबहादुर तामाङ– ३२२६ (माओवादी केन्द्र) 


महाभारत गाउँपालिका– अध्यक्ष

कान्छालाल जिम्बा– २३४२ (माओवादी केन्द्र) विजयी

राजकुमार कुँवर – १२५० (नेकपा एमाले)

रकम सिं घलान – २२३६ (नेपाली कांग्रेस) 


चौरी देउराली गाउँपालिका– अध्यक्ष

दिनानाथ गौतम– ३९१४ (माओवादी केन्द्र) विजयी

लेखराज गौतम – २७४१ (नेकपा एमाले)

विक्रम गौतम – ३००४ (नेपाली कांग्रेस) 


नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा – ६८६४७

नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा – ६३१३९

नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा – २९२७५



प्रतिक्रिया



थप समाचारहरु