एमाले काभ्रेको अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान


मेचीकाली

धुलिखेल-धुलिखेलमा जारी नेकपा एमाले काभ्रेको ११ औं जिल्ला अधिवेशनअन्तर्गत आज नयाँ जिल्ला कमिटीका लागि मतदान हुँदैछ । आज मध्यान्हपछि मतदान सुरु गर्ने कार्यतालिका निर्वाचन समितिले तय गरेको छ । 

वन्द सत्रमा प्रस्तुत प्रतिवेदनहरु पारित भएपर्यितछ हिजो साँझदेखि निर्वाचन प्रक्रिया सुरु भएको थियो । हिजो उम्मेदवारी दर्ता भएको थियो । एमाले काभ्रेको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष चन्द्र लामा र वर्तमान सचिव राजन भुर्तेलबीच प्रतिस्पर्धा हुँदैछ । 

यस्तै उपाध्यक्षमा देवसागर लामा, कमला काफ्ले, आत्माराम थापा र सुदर्शन थापाले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा कुमारप्रसाद भट्टराई, राजकुमार सापकोटा र होमप्रसाद चौलागाईंको उम्मेदवारी दर्ता भएको छ । खुला उपसचिवमा पुरुषोत्तम अधिकारी, वेदप्रसाद तिमल्सिना, हरिकुमार मैनाली र रत्नकुश रञ्जितकार तथा महिला उपसचिवमा शान्ता न्यौपाने, सूर्यमाया दनुवार र पवित्रा भुर्तेलको उम्मेदवारी दर्ता भएको छ । 

विद्युतीय मेसिनबाट मतदान गराउने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । एमालेको जिल्ला कमिटीमा ५ जना पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० जना सदस्य, समावेशीतर्फ १३ जना सदस्य र खुलातर्फ ७ जना सदस्य गरी कुल १०५ जना निर्वाचित हुनेछन् । यस्तै लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ७ जना निर्वाचित हुनेछन् । 

लेखा आयोगको अध्यक्षमा सत्यनारायण सापकोटा र उपाध्यक्षमा टिकाप्रसाद ढकालको मात्र उम्मेदवारी परेको छ । अन्य केही पदमा पनि सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्  

प्रतिक्रिया



थप समाचारहरु