काभ्रे क्षेत्र नं. १ : कसले पाउला एमालेबाट टिकट ?


मेचीकाली

बनेपा–मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु उम्मेदवार सिफारिस गर्न व्यस्त छन् । 

नेपाली कांग्रेसले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ भने आज नेकपा एमालेले प्रतिनिधिसभाका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ । प्रतिनिधिसभामा काभ्रे क्षेत्र नं. १ मा गोकुलप्रसाद बाास्कोटा सर्वसम्मत सिफारिस हुँदा क्षेत्र नं. १ मा भने आकांक्षीको लर्को लागेको छ । कोही एकजनाको नाममा सर्वसम्मत हुन नसकेपछि क्षेत्रीय कमिटीले ६ जनाको नाम सिफारिस गरेको छ । 

केन्द्रीय सदस्य रेशम लामासहित नविना लामा, चन्द्र लामा, नारायण पाण्डे, डा . अम्बुभवानी कार्की र कुलचन्द्र अधिकारीको नाम सिफारिस भएको छ । रेशम लामा यसअघि संविधासभा सदस्य रहेका थिए भने चन्द्र लामा हाल बागमति प्रदेशसभा सदस्य छन् । नविना लामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य छिन् । अम्बुभवानी कार्की तेजगंगा क्याम्पसकी संस्थापक प्रमुख हुन् भने कुलचन्द्र अधिकारी एमालेका पुराना नेता तथा सहकारी अभियन्ता हुन् । पाण्डे यसअघि नेकपा एमाले काभ्रेको सचिव थिए ।

६ जनामध्ये कसले टिकट ल्याउन भन्ने चासो र चर्चा अहिले एमालेका कार्यकर्ताहरुबीच चलिरहेको छ । ६ जनामध्ये रेशम लामाको सम्भावना बढी रहेको चर्चा पनि एमालेवृत्तमा चलिरहेको छ । यद्यपि हालका प्रदेशसभा सदस्य चन्द्र लामाले पनि प्रदेशसभा छाडेर प्रतिनिधिसभामै इच्छा व्यक्त गरेकाले उनले टिकट ल्याउने सम्भावनालाई नकार्न नसकिने एमालेका नेता कार्यकर्ता बताउँछन् । अन्य आकांक्षीको हकमा भने समानुपातिकतर्फ पठाउन सक्ने पनि बताइएको छ ।  


प्रतिक्रिया



थप समाचारहरु