काभ्रेमा नेकपा एसका जिल्ला सदस्यसहित नेता कार्यकर्ता एमाले प्रवेश


मेचीकाली

बनेपा–काभ्रेमा नेकपा एकीकृत समाजवादी (एस) छाडेर नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ ।

 सोही क्रममा आज नेकपा एसका जिल्ला कमिटी सदस्य सानुकान्छा लामा, समाजवादी निकट किसान महासंघघका जिल्ला सदस्य रामप्रसाद खरेल, चौरिदेउरालीका स्थानिय कार्यकर्ता सुदिप कार्की डोली र बुद्ध लामा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई आज एमाले जिल्ला कार्यालय बनेपामा एमाले पाुलिटब्युरो सदस्य एवं पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा स्वागत गरेका छन् । 

नेकपा एमालेमा समाहित हुने क्रममा सानो वाङ्थलीका तत्कालिन गाविस उपाध्यक्षसमेत रहेका सानुकान्छा लामाले आफू आजीवन एमालेमै रहने बताए । उनले भने ‘म पार्टी फुटाएर आएको होइन जुटाउन आएको हुँ, आजीवन एमाले नै रहन्छु ।’


प्रतिक्रिया



थप समाचारहरु