राजनीति शास्त्र अध्ययन तथा अनुसन्धान केन्द्र नेपालको स्थापना, राजनीतिक थिंकट्यांक बनाउने प्रमुख उद्देश्य


मेचीकाली

काठमाडौं-राजनीति शास्त्र, शास्त्रहरुको शास्त्र र विज्ञानहरुको पनि विज्ञान हो । खासमा राजनीति शास्त्रलाई सामाजिक विज्ञान अर्थात सोसल साइन्सको रुपमा महत्वका साथ परिभाषित गर्ने गरिन्छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कीर्तिपुरमा राजनीति शास्त्रको एम.फील्.–पी.एच्.डी.को दोस्रो सेमेस्टरमा अध्ययनरत केहि स्कलहरु मिलेर उक्त संस्थाको स्थापना गरेका हुन् । देशैभर आफ्नो कामकाज र गतिविधिहरुलाई संचालन गर्न पाउने गरी अनुसन्धान केन्द्रले काठमाडौंको गोकर्णेश्वर न.पा–९ मा केन्द्रिय कार्यालय राखेर उक्त संस्थको विधिवत स्थापना गरेकोे छ । 

जसानुसार संस्थाको अध्यक्षमा शन्तोष भण्डारी, उपाध्यक्ष–होमप्रसाद चौंलागाँईं, महासचिव–दुर्गाप्रसाद पराजुली, कोषाध्यक्ष–प्रकृति खड्का र सदस्यहरुमा क्रमशः दिपेन्द्र नेम्वाङ, टंकबहादुर बि.क., फुलकमल राई, सुरुची लाल, दिपक थापा, अनिता कुँवर, डबलबहादुर बोहोरा, अमृता पाण्डे र अभिनव आचार्य रहेका छन् । यो नियालेर संस्थालाई हेर्दा, संस्था हर हिसाबले समावेसीमात्र नभएर राजनीतिक रुपमा सर्वोपरी र निष्पक्ष भएको देख्न सकिन्छ । 

नेपालको राजनीतिक परिदृश्यमा देखिएको समस्या सहित कारणको गहन खोजी गरी राष्ट्रिय अन्तराष्ट्रिय परिदृश्य वा घटनाक्रमले पार्दै आएको प्रभावलाई विश्लेषण गर्ने गरी नेपाललाई एक समुन्नत वैचारिक रानजीतिक यात्रामा डो¥याउन यसको भूमिका महत्वपूर्ण रहने बताइएको छ । त्यसको साथै विगत तथा विद्यमान र भविष्यका लागि राजनीतिक घटनाक्रमको विवेचना गर्न, देश भित्र र बाहिरका विभिन्न विद्वतवर्ग, विद्वान तथा वौद्धिक व्यक्तित्वहरुबाट राय सल्लाह, छलफल र अन्तरक्रिया कार्यक्रमहरुको संचालन गर्नेपनि बताइएको छ । 

राजनीतिक चेतना अभिवृद्धिका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने, विभिन्न समसामयिक विषयहरुमा अनुसन्धान गरी विभिन्न जर्नल, पत्रिका र पुस्तकहरु प्रकाशित गर्ने र वहशका कार्यक्रमहरु अगाडी वढाउने जस्ता थुप्रै उद्देश्य राखेर त्यस संस्थाको स्थापना गरिएको संस्थका अध्यक्ष शन्तोष भण्डारीले बताएका छन् । 

यो प्राकृतिक नियम नै हो की, जन्मनासाथ एकै पटक कोहि र केहिपनि ह्वात्तै वढ््न सक्दैन । त्यसको लागि केहि समय, मेहनत र लगानशिलताको आवश्यक्ता पर्दछ । भर्खरै स्थापना भएको संस्था भएकोले समयानुसार संस्थाको गतिविधिलाई एक प्रकारको थिंक ट्यांकको रुपमा बिकसित गर्दै लगिने संस्थाका उपाध्यक्ष होमप्रसाद चौंलागाँईंले बताएका छन् । 

राजनीति जुनसुकै देशको माहू र मूल नीति भएकोले नेता, नेतृत्व र राजनीतिप्रति जनतामा  देखिन थालेको विश्वासको खड्किंदो अवस्था र टुंगोमा पुग्न नसक्ने अस्थिर खालको पपुलिष्ट राजनीतिको डरलाग्दो अवस्थालाई मध्यनजर गर्दै यस संस्थाको स्थापना भएको र भोलीका दिनहरुमा यसले खेल्ने भूमिका महत्वपूर्ण हुने भएकोले, यी र याबत चिजलाई महत्वका साथ उद्देश्यमा राखेर काम गर्ने संस्थाका महासचिव दुर्गाप्रसाद पराजुलीले बताएका छन् । 

राजनीति शास्त्रको उच्च तहमा अध्ययनरत स्कलरहरु, कोहि न्याय क्षेत्रमा, कोहि राजनीतिक क्षेत्रमा, कोहि प्राध्यापनको क्षेत्रमा, कोहि पत्रकारिताको क्षेत्रमा त कोहि राज्यको विभिन्न तहमा रहेर काम गरिरहेका र एम्.ए. राजनीति शास्त्रका गोल्डमेडलिष्ट समेत रहेरकाहरु संस्थापक भएर स्थापना भएको संस्था भएकोले यसप्रति धेरैको आशाा, विश्वास र भरोसा रहेको बताउन थालिएको छ । 


प्रतिक्रिया



थप समाचारहरु