बनेपा–नेकपा एमालेले काभ्रेमा प्रदेश र प्रतिनिधिसभातर्फका सबै उम्मेदवार टुंगो लगाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रेशम लामाले टिकट पाएका छन् छ । पुर्व राज्यमन्त्री समेत रहेका लामा नेकपा एमालेको केन्द्रिय सदस्य हुन् । प्रदेश तर्फ १ (क) मा दिल बहादुर लामा (दिलिप) र १ (ख) मा चन्द्र लामा उम्मेदवार बनेका छन् । चन्द्र लामा वागमती प्रदेशका पुर्व कृषि मन्त्री हुन् ।
यस्तै काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गोकुल बास्कोटाले टिकट प्राप्त गरेका छन् । बास्कोटा पुर्वमन्त्री एवं एमाले पोलिट्व्युरो सदस्य हुन् । यस्तै प्रदेशतर्फ २ (क) मा कुमार खकुरेल र २ (ख) मा कुमार थापाले टिकट पाएका छन् ।
एमालेले उम्मेदवारको टुंगो लगाइसक्दा सत्तारुढ गठवन्धनमा भने अझै अन्योल कायमै देखिएको छ । प्रतिनिधिसभातर्फ १ मा माओवादी केन्द्र र २ मा नेपाली कांग्रेसले उम्मेदवार उठाउने सहमति गरे पनि प्रदेशसभाको टुंगो अझै लाग्न सकेको छैन । प्रतिनिधिसभातर्फ माओवादी र कांग्रेसले पनि उम्मेदवार टुंग्याउन सकेका छैनन् ।