यी हुन् काभ्रेमा निर्वाचित एमालेका पालिका अध्यक्षहरु


मेचीकाली

बनेपा–देशभर एकसाथ पालिका अधिवेशन गर्ने निर्णयअनुसार हिजो काभ्रेका १३ मध्ये दसवटा पालिकामा अधिवेशन गरेको नेकपा एमालेले ९ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । हिजो बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा भुम्लु, चौरीदेउराली, महाभारत र तेमाल गाउँपालिकामा अधिवेशन आयोजना गरिएको थियो ।

अधिवेशन भएकामध्ये नमोबुद्धबाहेक सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । नमोबुद्ध नगरपालिकामा भने आजमात्रै नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । नमोबुद्धमा पनि सहमतिमै नेतृत्व चयनको प्रयास जारी छ । 

एमालेको पालिका अधिवेशनबाट धुलिखेलमा दयाराम महत, पनौतीमा सुरेश हुमागाईं अध्यक्षमा सर्वसम्मत भएका छन् भने पाँचखालमा बिष्णुहरि पौडेलको नेतृत्वमा सर्वसम्मत नगर कमिटी चयन भएको छ । यस्तै चौरीदेउरालीमा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, मण्डन देउपुरमा शेरवहादुर डोटेल तथा बनेपामा रत्नकुश रञ्जीतको नेतृत्वमा कमिटी चयन भएको छ । यस्तै भुम्लुमा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङको नेतृत्वमा कमिटी चयन भएको छ । 



प्रतिक्रिया



थप समाचारहरु