जेठ २८ गते ११ बजे धुलिखेल आउन सबैमा चुल्है निम्तो !


मेचीकाली

यति बेला ‘के.पी. शर्मा ओली’ नाम, देशको प्रमुख नेताको लोकप्रीय नामको रुपमा सर्वत्र परिचित बनिरहेको छ । राष्ट्रिय राजनीतिको मियोको रुपमा परिचित नेकपा एमालेका अध्यक्ष तथा मुलुकका पूर्व प्रधानमन्त्री काभ्रेको धुलिखेल आउँदैछन् । 

नेकपा एमाले काभ्रेले आफ्नो ११ औं जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गर्दैछ । २०८१ साल जेठ २८ गते ११ बजे नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन समारोह सम्पन्न हुनेछ । 

नेकपा एमाले काभ्रेले ११ औं जिल्ला अधिवेशनको सबैजसो तयारी पूरा गरेको छ । उद्घाटन समारोह हुने धुलिखेलको वडा नं. ७ स्थित ‘बेचिङ प्लान’ र बन्द–सत्र हुने धुलिखेल नगरपालिकाको सभा हललाई दुलही झैं सिंगारिएको छ । धुलिखेल, बनेपा र पनौती आसपासका शहरहरुमा प्रचार प्रसारका सामग्री र ब्यानरले सजिसजाउ गरिएको छ । 

कतै २५ बराबरी १ त कतै क्लष्टरगत हिसाबले संख्या निर्धारण गर्दै ७ सयको हाराहारीमा प्रतिनिधिहरु चुनिएका छन् । गत १८ र १९ गते १३ ओटै गाउँ तथा नगरपालिकाहरु सहित विभिन्न जनसंगठनहरु र सल्लाहकार जिल्ला परिषद्बाट उत्साहकासाथ सकेसम्मको लोकतान्त्रिक विधिको भरपूर उपायोग गरी प्रतिनिधिहरुको छनौट भैसकेको छ ।

जिल्ला स्थित ६ नगरपालिका र ७ गाउँपालिकाहरुबाट प्रतिनिधिहरुसहित जन सभागिताको उत्साहजनक तयारी भैरहेको छ । प्रतिनिधिको एउटा पाटो त छँदै छ, सहभागिताको हिसाबले धुलिखेलमा जनपरिचालन गर्ने कुरामा छुट्टै खालको तयारी भैरहेको छ । 

२८ गते उद्द्घाटन भएर ३० गतेसम्म चल्ने जिल्लाको ११ औं अधिवेशनलाई सर्वत्र महत्वका साथ हेर्न थालिएको छ । २०८१ को जेठ २८–३० मा धुलिखेलमा हुन गइरहेको ११ औं जिल्ला अधिवेशनलाई केवल कर्मकाण्डी र अधिवेशनको लागि अधिवेशन मात्र ठानिएको छैन । यहि अधिवेशनबाट निर्वाचित जिल्ला नेतृत्वले २०८४ को सबै निर्वाचनहरु फेश गर्ने भएकोले यस पटककको अधिवेशन र नेतृत्व चयनलाई अत्यन्तै महत्वका साथ हेर्न थालिएको छ ।  

त्यतिमात्र नभएर जिल्ला अधिवेशन पश्चात जिल्ला नेतृत्वको काँधमा जिल्ला स्थित १३ पालिकाहरु र १३५ वडाहरुको अधिवेशनहरु सम्पन्न गराई मिशन ८४ केन्द्रित नेतृत्व चयन गर्ने जिम्मेवारीपनि यसै कमिटीको हुने भएकोले यस पटकको जिल्ला अधिवेशनलाई मिशन ८४ केन्द्रित अधिवेशनको रुपमा नियाल्न थालिएको हो ।

अधिवेशन र नेतृत्व चयनको सन्दर्भ पार्टी जीवनमा एउटा महत्वपूर्ण विषय भएकोले अन्य विभिन्न खालका भेला र वैठकहरुको तुलनामा अधिवेशन फरक खालको सन्दर्भ र नेतृत्व चयनको विषय समेत भएकोले सम्मेलन र अधिवेशनहरुलाई महत्वका साथ हेर्ने गरिन्छ । 

संसदीय राजनीतिको सफलताकने जननी भनेको पार्टीको नेतृत्व चयनको सन्दर्भ भएकोले अधिवेशनको बेला सबैले आ–आफ्नो खालको बिबेक प्रयोग गरेर सक्षम नेतृत्व चयन गर्न सकेमात्र पार्टीले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा र मिशन ८४ को अभियान पूरा हुन सक्नेछ । त्यसको लागि टुट्, फुट र गुटमा केन्दित नभई सफल, बैचारिक र सक्षम नेतृत्व चयन गर्न सक्नु पर्दछ । 

एकातिर चुनौतीको चाङ र अर्कोतिर अवसरै अवसरको विचमा हुन लागेको जिल्ला अधिवेशनमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओलीसहित पार्टीका केन्द्रिय नेताहरुलाई स्वागत गर्न जिल्लास्थित पार्टी नेता, कार्यकर्ता, शुभचिन्तक तथा सम्पूर्ण सम्पूर्ण नेकपा एमालेलाई मायाँ गर्ने महानुभावहरुको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं । (लेखक नेकपा एमाले काभ्रेका सदस्य तथा युवा ईन्चार्ज हुन्


प्रतिक्रिया



थप समाचारहरु

 

धुलिखेल आएर के भने केपी ओलीले ?