२ महिने अभियान सञ्चालन गर्दै राष्ट्रिय युवा संघ नेपाल काभ्रे


मेचीकाली

बनेपा– युवा संघ नेपाल काभ्रेको तेस्रो पुर्ण बैठक बनेपामा सम्पन्न भएको छ । युवा संघ काभ्रेका अध्यक्ष ईश्वर बल्लभ सापकोटाको अध्यक्षतामा नेकपा एमाले पोलिटब्युरो सदस्य, पुर्व मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष अमित लामा, नेकपा एमाले काभ्रेपलान्चोकका पार्टी सचीव राजन भुर्तेल, पार्टी नेतृ रिता ढकाल, नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्य एबम राष्ट्रिय युवा संघ नेपाल अनुशासन आयोग प्रमुख राकेश लामा, पार्टी जिल्ला कमिटी सदस्य युवा इन्चार्ज होमप्रसाद चौलागाईं, युवा संघका काभ्रे इन्चार्ज सागर रायमाझी, नेताहरु विक्रम चौंलागाँईं, खुसराज लामा लगाएयतका नेताहरुको आतिथ्यतामा तेस्रो पूर्ण बैठक सम्पन्न भएको हो । वैठकले जिल्ला स्थित १ सए ३५ ओटै वडाहरुको वडा भेला र अधिवेशनहरु सम्पन्न गर्दै अवधि पुगेको र हाल सम्म केहि कमजोर गतिविधिहरुमा रहेका पालिकाहरुको अधिवेशनहरु गर्ने बताइएको छ ।

दुई महिने अभियानमा वडा अधिवेशनहरु सम्पन्न गर्न उर्प्रेरकको रुपमा उपाध्यक्ष रुपक रायमाझीलाई तेमाल, पाँचखाल र खानिखोला, सचिव सि.वि लामालाई धुलिखेल, रोशी र महाभारत, सह–सचिव सुरेश भुजेल पनौती र बेथानचोक,  सह–सचिव अमन धिलाइलाइ  नमोवुद्ध र भुम्लु, कोषाध्यक्ष रमेश बुढाथोकीलाइ बनेपा र चौरिदेउराली तथा २ न क्षेत्रीय सयोजक मनोज बस्ताकोटीलाई मण्डनदेउपुरको जिम्मेवारी प्रदान गरेको छ

साथै विभागीय प्रमुखहरुलाइ पनि विभागिय विशेषता अनुसार आफ्ना रचनात्मक कियाकलाप अगाडि बढाउने निर्देशन दिएको अध्यक्ष इश्वरबल्लभ सापकोटाले जानकारी दिएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु