दुई वर्षभित्र विपी राजमार्ग बनिसक्छ : सि.डि.ई सुमन योगेश


मेचीकाली

-सि.डि.ई. सुमन योगेश 

प्रमुख, सडक डिभिजन भक्तपुर

गत वर्षको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणको काम  कति समयमा सकिन्छ ? अनि त्यो सडकमा सहज रुपमा यातायात सञ्चालन कति समयमा गर्न सकिएला ? 

हामीले यो वर्ष बिपी राजमार्गको काभ्रे खण्ड हेर्ने तीन वटा प्याकेज बनाएर ठेक्का व्यवस्थापन गरिसकेको छौं ।  कन्ट्रयाक्टर सबै साइडमा मोबिलाइज भइसक्या छन् । आगामी वैशाखसम्म हामी अहिलेकै स्केलको बाढी आउँदा पनि क्षति नगर्ने खालको र त्यसलाई समेत ट्याकल गर्ने खालको स्ट्रक्चर डिजाइन गरेर ती स्ट्रक्चर वैशाखभरिमा बनाइसक्ने लक्ष्यसहित अघि बढेका छौं । आगामी बर्खाको मौसममा आउने बाढीका कारण यातायात अवरुद्ध नहुनेगरी काम गरिरहेका छौं । बर्खाको समयमा खोलाबाट होइन माथिबाटै यातायातको साधन सञ्चालन गर्न मिल्ने गर िकाम गरिरहेका छौं । बाँकी काम र बाँकी ठाउँमा वाल लगाउने र स्ट्रक्चर बनाउने र त्यसैगरी ब्ल्याक टप गर्ने कामहरु चाहिँ अर्को वर्ष सम्म हामीले सक्ने गरी त्यो हिसाबले काम भइरहेको छ । 

काभ्रेको रोशी क्षेत्र सबैभन्दा बढी पानी पर्ने क्षेत्रमा पर्छ, त्यसको कारणले गर्दा विपी राजमार्गमा क्षति पनि भएका छन् । यो वर्ष अघिल्लो वर्षजस्तै बाढी आउँदा अब विपी राजमार्ग अवरुद्ध हुन्छ कि हुदैन ? 

यो समस्या अब आउँदैन । हामीले दुई वर्षको बाढीबाट पाठ सिकेर डिपिआर त्यहीअनुसारको बनाएका छौं । पूर्णरुपमा समय दिएर डिपिआर तयार गरेका छौं । पहिला खोलाको भागबाट केही भाग निकालेर बाटो बनाइएको थियो, अब खोलामा हामी बाटो होइन पुल बनाउँछौं । पुल बनाउँदा जुन पिल्लर गाडिन्छ त्यसको डेप्थमा निकै ध्यान दिएका छौं । अब एकदम ठुलो बाढी आउँदा उक्त बाढीले त्यो खोलाको सतह जति खन्न सक्ने क्षमता हुन्छ त्यो सतह भन्दा तल गएर हामी फाउन्डेसन दिएर स्ट्रक्चर बनाउछौं । त्यो गरिसकेपछि के हुन्छ भने त्यस्तै खालको बाढी आउँदा पनि त्यसलाई बगाउन सक्दैन र ढाल्न सक्दैन । त्यसैले अब ठूलो बाढी आउँदा अहिलेको जस्तो समस्या हुदैन । 


दुई वर्षको बाढीले राजमार्गमा पुगेको क्षति हेर्दा, विपी राजमागएको डिजाइनमै त्रुटी हो कि प्राकृतिक विपत्तिकै कारण यो अवस्था आएको हो ?

पहिलो कुरा त अहिलेसम्म त्यो स्केलको पानी परेकै थिएन । ठूलो पानी परेपछि माथिबाटै ‘डेब्रिस’हरु बगाएर ल्यायो । त्यसमा उत्खननको कुरा पनि छ, भु उपयोगको कुरा पनि छ । अर्कोचाहिँ के भने हामीले जुन स्केलको डिजाइन तयार गरेरस्ट्रक्चर बनाउनु पथ्र्यो त्यो चाहिँ पहिले बनाइएको थिएन । पहिला चाहिँ के थियो माटोको हाइट उठाउँदा खेरि त्यो स्लोपमा भएको माटो नबगाओस् भन्ने खालको एउटा रिबेटमेन्ट अथवा स्किन वालको मात्रै स्ट्रक्चर थियो । यत्रो ठुलो बाढी आउदा खेरि त्यसले चाहिँ धान्न सकेन र बगाएको हो । 

विपी राजमार्गको पुनर्निर्माण हामीले दुई वर्ष भित्र सम्पन्न गर्ने भन्याछौ, त्यो समयमा सम्पन्न हुन्छ ? 

अहिलेसम्मको अवस्था हेर्दा हामी तोकिएको समयभित्रै काम सम्पन्न गर्छौं भन्ने लागेको छ । बीचमा केही अप्ठ्याराहरु जस्तो जग्गा विवाद वा अरु केही  समस्याहरु आउला, या बिजुलीको पोल, खानेपानीका पाइप सार्दा केही समस्या आएर ढिला हुनसक्ला, तर अहिलेसम्म हामी तोकिएको समयभित्रै काम सक्नेगरी अघि बढेका छौं । 


विपी राजमार्गको धुलिखेल देखि नै पुनर्निर्माण गर्दै जानुपर्ने अवस्था छ, लेन चौडा बनाउनु पर्ने छ । सिंगल र इन्टरमिडिएटबाट डबल लेन बनाउनु पर्ने छ । तर पछिल्लो समय धुलिखेलदेखि सुन्दरबस्ती खण्डमा पिच फेर्ने काम पनि भइरहेको छ । यो कति समयलाई हो ? सडक पुरै विस्तार गर्नुपर्नेमा यस्तो काममा किन बजेट खर्च भइरहेको छ ?

धुलिखेल देखि भकुण्डेबेसीसम्मको खण्डको लागि हामीले स्रोत सहमति माग्या छौं । यसको सुनिश्चितता अहिले सम्म आइसकेको छैन, तर हामी लागिरहेका छौं । स्रोत सहमति आइहाल्यो भने यो सबै खेर जाने हो भने पनि एउटा फ्याक्टर त्यो भयो, अथवा आएन भने के हुन्छ भन्ने कुरा रह्यो तत्कालै स्रोत सहमति आएन भने हामीले अपग्रेड नगरेसम्म सडक त सहजरुपमा सञ्चालन गर्नुपर्ने नै छ । सडकमा ओभर ले गर्ने, क्र्याक आएको ठाउँमा सुधार गर्ने काम विगतदेखि नै भइरहेको छ र त्यहीअन्तर्गत अहिले पनि पिरियडिक मेन्टेनेन्सको कामको अर्को ठेक्का लगाएका छौ । यो १५–२० दिनमा त्यो काम पनि सुरु हुन्छ । भकुण्डेबाट यता पिच चर्के र खत्तम हुन लागेको थियो । नयाँ ठेक्मा लगाएर विस्तारको काम सुरु गर्दा पनि कम्तीमा एक वर्ष त त्यसको तयारीमै लाग्नेछ । त्योबोलासम्म त बाटो चाहिन्छ नै, बाटो वन्द गरेर काम गर्ने कुरा भएन त्यसैले यो ‘युजलेस’ नै त होइन, हाम्रो योजनाअन्तर्गतकै काम भइरहेको हो । 


सधै विवादमा आइरहने, नागरिकले लामो समयदेखि दुःख पाइरहेको धुलिखेल खावा सडकमा नयाँ ठेक्का लागेको छ । अब १४ महिनामा सक्ने जुन टार्गेट छ यो समयमै सकिनेमा कतिको विश्वस्त हुनुहुन्छ ? 

१४ महिना त हामीले अलिकति हाम्रो मेथोडोलोजी अथवा त्यसको प्रोसेस गर्दा खेरि दिएको समय हो, त्यो भन्दा पहिले नै सकिन्छ । मैले भनिरहेको छु आगामी चैत महिना सम्ममा हामीले ब्ल्याक टपको काम सक्ने गरी काम गराइरहेका छा । अहिले विभिन्न स्ट्रक्चरको काम भइरहेको छ । चिसोले गर्दा सर्फेसको काम हुन सकेको छैन । यो चिसो कम हुनेवितिक्कै सर्फेसको काम पनि तीब्ररुपमा अघि बढेन्छ । त्यसपछि चैतमा ब्ल्याक टपको काम सकिनेछ । अरु सानोतिनो काम र मर्मतको काम त्सपछि बाँकी रहला, तर ढुक्क हुनुस् यो सडकको काम सक्न १४ महिना लाग्दैन ।

धुलिखेल–खावा सडक खण्डमा पहिलाको ठेक्का अनुसार काम नहुनुमा भौगोलिक जटिलताको कारण हो कि ठेकेदार नै दोषी हो ?

भौगोलिकलाई हामीले धेरै दोष दिन मिल्दैन । भौगोलिक अवस्था अनुसार हामीले त्यसलाई डिजाइन गरेर अनि ठेक्का लाउने हो काम गराउने हो । त्यसमा चाहि कन्ट्राक्टरहरुको लापरवाही र उसले समयमा काम नगर्दिएका कारणले समस्या आएको हो । उसले एउटा काम गर्यो त्यसपछि लगत्तै अर्को गर्नुपर्ने त्यो नगर्दिएपछि पहिलाको पनि बिग्रिएर गएका कारण त्यो खालको समस्या आएको हो । भौगोलिक त अब विकट ठाउँ अथवा अप्ठ्यारो छँदै छ तर त्यसलाई एड्रेस गर्ने हिसाबले हामीले काम लगाइरहेका हुन्छा,ै ठेक्का लगाएको हुन्छ  । तर त्यसरी काम गरिएन भने त अनि त्यही भौगोलिक समस्यालाई मात्र देखाएर पनि हुँदैन । 


अरनिको राजमार्गको पाँचखाल–दोलालघाट खण्ड, सिन्धुपाल्चोक खण्ड पनि पहिरो र बाढीले क्षति भइरहेको अवस्था छ । यो समस्याको दिर्घकालिन समाधानको उपाय के होला सरकारले कस्तो योजना बनाएको छ ?

यात्रुबाहक सवारीसधानमात्रै सञ्चालनका लागि यो सडकमा समस्या खासै देखिँदैन । तर, यो क्षेत्रबाट काठमाडौं उपत्यकामा नदिजन्य सामग्री बोकेका टिपरहरु पनि सञ्चालन हुँदा समस्या भएको हो, सडकको चौडाई नपुगेको हो । यसलाई विस्तार गर्नलाई पाँच छ वर्ष अगाडी नै चारलेनको बाटो बनाउनेगरी संसदबाटै प्रस्ताव पारित भइसकेको पनि हो । तर, भौगोलिक विकटताका कारण हामीले कम्तीमा डेडिकेटेड दुई लेन सम्मको बनाउन सक्याँै भने राम्रो हुन्छ भन्ने सुझाव दियौं र यसको डिपिआर बनाएर पनि पेश गरिसकेका छौं । अब बजेट उपलव्ध भयो भने काम अघि बढाउन सकिन्छ । काभ्रेमा भन्दा पनि अरनिको राजमार्गको सिन्धुपाल्चोक र दोलखा सडकको सेक्सनमा पनि समस्या छ । त्यहाँ पहिरो व्यवस्थापनका लागि हामीले ध्यान दिनुपर्नेछ ।

पछिल्लो समय हाम्रा सडकहरु नबन्दै भत्कने समस्या छन् । हाम्रा सडकमा प्रयोग भएका सामग्रीको गुणस्तरको बारे चाहि ँस्वतन्त्र परिक्षण गरिने गरेको छ कि छैन? 

स्वतन्त्र परिक्षण भन्दा पनि एउटा के हो भने हामीले जुन हाम्रो स्पेसिफिकेसन जुन छ त्यो स्पेसिफिकेसन अनुसारको सामान ल्याएर हामीले काम गर्यौ भने समस्या हुँदैन । हाम्रो आफ्नै टेस्ट गर्ने जस्तो कन्ट्राक्टरहरुले पनि आफ्नो हिसाबले टेस्ट गर्छ । त्यसपछि हामीले हामीले त्यो कुरो टेकओभर गर्दा हामीले डिजाइन गरेको र ठेक्का लगाएअनुसारको क्वालिटी छ कि छैन भन्नेपरीक्षण गरेरमात्रै भुक्तानी गर्ने गरेका छौं । त्यो परीक्षण गर्ने क्रममा हामीले आफ्नै ल्याबमा पनि परीक्षण गछौं र कन्ट्राक्टरको आफ्नो ल्याबमा पनि चेक हुन्छ । अझ त्यसले पनि पुगेन भने हामी बाहिरको जस्तै सेन्ट्रल ल्याब अथवा पुल्चोक क्याम्पस त बाहिर पनि हामीले गर्न सक्छांै र हामीले गरिराखेका हुन्छौं ।

कुनै पनि सडक निर्माण गर्दा हतारमा ठेक्का लगाउने तर काम सक्दा पनि भुक्तानी नहुने समस्या पनि कति आएको पाइन्छ । स्रोत नै सुनिश्चित नभई किन ठेक्का लगाइन्छ ? 

स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएको छैन । ातो किताबमा आएको बजेट जति छ कि त्यसैको भित्र रहेर हामी ठेक्का लाउछौं । ठुलो ठेक्का, बहुवर्षीय ठेक्कामा अलिकति बजेट विनियोजन भएको हुन्छ र त्यो भन्दा बढीको ठेक्का लगाउनुपर्दा पनि हामीले अर्थ मन्त्रालयको स्रोत सुनिश्चितता लिएरै लगाएका छौं ।

तर हाम्रो अलिकति प्लानिङमा समस्याचाहिँ छ । जस्तो कि कुनै सडक बनाउदा रुख काट्नुपर्ने, बिजुलीका पोल लगायत सार्नुपर्ने अवस्था आउँछ, त्यसमा चाहिँ ढिलाई भइरहेको हुन्छ । त्यसले गर्दा काम गर्न अप्ठ्यारो हुने गरेको हो यी सबै कुराको तयारी गरेर पूर्व तयारीको कामहरु हामीले सबै गरेर ठेक्का लगाउने हो भने अब ठेक्का व्यवस्थापनमा समस्या आउँदैन । 


प्रस्तुति: केदार तिमल्सिना


प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो एसईई परिक्षा