सुरु भयो चण्डेश्वरी जात्रा


मेचीकाली

बनेपा–बनेपालीहरुको सबैभन्दा महत्वपूर्ण र ठूलो पर्वको रुपमा लिइन्छ चण्डेश्वरी जात्रालाई । अन्य जात्रा र पर्व भन्दा विशेष महत्वका साथ मनाइने चण्डेश्वरी जात्रा आजदेखि सुरु भएको छ । 

बैशाख पूर्णिमाको दिनदेखि यो जात्रा बनाइन्छ । बुधबार साँझ चण्डेश्वरी सहित विभिन्न देवीदेवताको पुजा अर्थात् तकः पुजा गरी चण्डेश्वरीमा १२ वटा काला बोकाको बलि दिइ जात्राको सुरु गरिएको थियो । आज बिहान ३ ः ३० बजेको समयमा बनेपालीहरु हातहातमा चिराग (मशाल) लिएर बनेपाको लायकु दरबारमा उपस्थित भई विभिन्न बाद्यबाधन सहित भजन किर्तन गर्दै चिराग लिएर चण्डेश्वरी नजिकै रहेको जैसिगाकुण्ड(पवित्र तिर्थस्थल) मा गई नुहाइएको थियो । यस्तै आज नै काठमाडौको हनुमानढोकाबाट कानफुट्टा जोगी आएपछि बनेपाको तीनधारामा एक भेडा र  एक कुखुराको भाले काटी पुजाआजा गरि देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा पु¥याइएको छ । 

जात्राको भोली देवी राख्नका लागि चण्डेश्वरी मन्दिर पु¥याइएको रथमा देवता राखी बजार तर्फ ल्याइनेछ । देवता राखी ल्याइएको सो रथलाई भैरव कुण्डलमा देवताको मुख धोएर बजारतर्फ ल्याइने प्रचलन रहेको स्थानीयबासीहरु बताउँछन् । देवता राखेर ल्याइएको रथलाई भोक्षिभोया थरका कन्याहरुले  लशकुश अर्थात् देवताको मुख खोलेर स्वागत गर्ने चलन रहेको छ । लशकुश गरेपछि  सो रथलाई सहर परिक्रमा गराई लायकु दरवारमा लगि हाँसको बलि दिई (राज) पुजा गरिने प्रचलन रहेको छ । बलिदिएका १२ काला बोका मध्ये एक बोका पुजा पाठ गर्ने जोशीलाई, एक द्धारेलाई दिई अन्य बोकाहरुको मासु टुक्रा पारी कलदान गर्ने चलन रहेको छ । कल दान गरेको मासु मध्ये पनि बोकाको कान, जिब्रो, आँखा, सिङ लगायतका चिज भेटाउने मानिसले आफुले चिताएको सम्पूर्ण कुराहरु पुग्ने किंवदन्ती रहेको छ । यस मध्ये पनि दाहिने सिङ र आँखा, कान भेटाएमा झन राम्रो हुने स्थानीय बृद्धहरु बताउँछन् । 

कलदान पछि देवता राखेको रथलाई बनेपाको गणेशस्थानबाट चण्डेश्वरीसम्म पु¥याईन्छ । भाले बास्नु भन्दा अगावै सो रथलाई चण्डेश्वरी पु¥याउनु पर्ने जात्राको अर्को रोमाञ्चक पक्ष रहेको छ । भाले बासेपछि रथलाई चण्डेश्वरीमा पु¥याइएको खण्डमा सो रथलाई मन्दिर भित्र पसाउन नपाइने नियम रहेको छ । देवमाला बंशावलीमा उल्लेख भएअनुसार सत्य युगको प्रथम पागमा नै चण्डेश्वरी जात्रा उल्लेख भएको पाइन्छ । 

चण्डेश्वरी जात्रा करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा सुरु भएको बताइन्छ । परापूर्व कालमा चण्डासुर नामको दैत्यले तेत्तिसकोटी देवताका साथै बनेपा नगरबासीहरुलाई धेरै दुःख दिएकोले उनीहरुको दुःखबाट मुक्ति दिनका लागि रक्तचन्दन बनबाट चण्डेश्वरी माई  प्रकट भई  सो दैत्यको नाश गरेको खुसीयालीमा बनेपा नगरबासीहरुले हरेक वर्ष चण्डेश्वरी जात्रा मनाउने गरिन्छ ।


प्रतिक्रिया



थप समाचारहरु

 

भालचन्द्र माविको भवन उद्घाटन