मण्डनदेउपुरमा गाइले पायो एकैपटक ३ ओटा बाच्छा : सबै सकुशल, हुर्काउन समस्या !


होमप्रसाद चौंलागाँईं

मण्डनदेउपुर-मण्डनदेउपुर नगरपालिकाको वडा नं. ९ सानिटारमा अजुर्न प्रसाद सापकोटाको एउटै गाईले ३ ओटा बाच्छा पाएको छ । गत २२ गते मंगलबार उक्त गाइले ३ ओटै बहरै बहर पाएको हो ।

गाइपालक कृषक सापकोटाको अनुसार उक्त गाई अघिल्लो वर्ष बनेपाबाट किनेर ल्याएको र उक्त बेतमा १० लि. दुध भएको बताइएको छ । 

किसान सापकोटा मण्डदेउपुर ९ स्थित सिउडेनीटारभन्दा केहि माथी सानिटर भन्ने गाउँमा बसोबास गर्दै आएका क्रियाशिल किसान हुन् । उनी बिगत लामो समयदेखि धान, मकै बालीको अलावा विशेष गरी तरकारी खेती र सामान्य पशुपालन गर्दै आएका व्यक्ति हुन् । 

एकै बेतमा २ ओटासम्म बाच्छा÷बाच्छी पाएको थाहा भएको तर ३ ओटा पाएकोचाहिं पहिलो पल्ट थाहा पाएको बताइएको छ । जम्मा १० लि. दुध दिने गाइले ३ ओटा शन्तान जन्माउँदा ती बाच्छा-बाच्छीहरुलाई कसरी हुर्काउने भन्ने समस्या भएको बताउन थालिएको छ । 


 

प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग