बेहोस अवस्थामा भेटिएका नमोबुद्ध १ का पुर्व वडाअध्यक्ष लामाको निधन


मेचीकाली

धुलिखेल-काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ का पुर्व वडा अध्यक्ष कर्म ग्याल्बो लामाको निधन भएको छ ।

आज बिहान आफ्नै घरको कोठामा बेहोस अवस्थामा भेटिएका लामाको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको हो । ८२ वर्षका लामा र उनकी श्रीमती बर्ष ८१ वर्षकि असनी लामा आफ्नै घरको सुत्ने कोठामा खाना खाई  सुती रहेको अवस्थामा आज बिहान अबेर सम्म नउठे पछी छोरा बुहारीले  ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । 

दुबैलाई उपचारको गि धुलीखेल अस्पताल ल्याइएकोमा ९:२० बजे कर्म ग्याल्बोको निधन भएको हो ।

उनकी श्रीमतिको उपचार जारी छ ।

उनीहरू हिटर र फलामको कराइमा आगो बालेर झ्याल ढोका बन्द गरि सुतेका थिए ।

धुवाले निसास्सिएर उनीहरू बेहोस भएको अनुमान गरिएको छ । कर्म ग्याल्बो लामा २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया



थप समाचारहरु