काभ्रे भिमसेनलाई अनिलाको सहयोग


मेचीकाली

काभ्रे । बनेपाको पर्यटकीय स्थल नालामा रहेको काभ्रे भिमसेन मन्दिरमा समाजसेवी अनिला कायस्थले सहयोग गरेकी छन् ।

मन्दिर निर्माणका लागि जनप्रतिनिधिले बेवास्ता गरिरहेको समयमा कायस्थले भक्तजनहरुको लागि  विश्राम गर्ने कुर्सीहरु सहयोग गरेकी हुन्।

मन्दिरमा पुर्व मेयर  लक्ष्मीनरसिंह बादे र पुर्व उपमेयर रेखा सापकोटा दाहाल र तत्कालीन वडा नं ३ का अध्यक्ष सहितले पर्यटकीय क्षेत्र बनाउने हिसाबले उक्त काभ्रे  भिमसेन मन्दिरलाई नगरको  बजेट हालेर काम सुरु गरेका थिए । तर कार्य सम्पन्न हुन सकेको छैन। 

अहिले २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले उक्त ठाउँको बेवास्ता गर्दै कुनै पनि बजेट उक्त क्षेत्रमा नछुट्यायको मन्दिर व्यवस्थापनका अध्यक्ष राजेन्द्र दाहालले वताए ।

काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं ७ की कायस्थले आफ्नो  स्व. पिता रामचन्द्र कायस्थको १६ औं वार्षिक पुण्य तिथिको अवसरमा आज  बनेपा नगरपालिका वडा नम्बर-३ ससिपानीमा रहेको  काभ्रे भीमसेन मन्दिरलाई फलामको विश्राम गर्ने कुर्सी सहयोग गरेकी हुन् ।बुबाको वार्षिक पुण्य तिथिको अवसरमा कायस्थले मन्दिरमा विश्राम गर्ने कुर्सी तीन थान सहयोग गरेकी हुन् । 

बुबाको पुन्य तिथिको अवसरमा भीमसेन मन्दिरलाई सानो सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको समाजसेवी कायस्थले बताईन् । कायस्थले यस अघि आफ्नो आमा/बुबाको वार्षिक पुन्य तिथिको अवसरमा जिल्लाका विभिन्न सामाजिक संघ संस्था, सामाजिक क्षेत्रमा सहयोग गर्दै आएकी छिन् ।

आफ्नो बुबाको पुन्य तिथिको अवसरमा यस मन्दिरलाई  सहयोग गरेर साथ दिएकोमा  समाजसेवी अनिला कायस्थ परिवार प्रति काभ्रे भीमसेन मन्दिर व्यवस्थापन समितिले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग