काभ्रेमा सञ्चालित एम्बुलेन्सहरुमा जिपिएस जडान


मेचीकाली

काभ्रे–काभ्रे जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सहरुमा जिपिएस प्रणाली जडान गरिएको छ । एम्बुलेन्सहरुलाई एकद्वार प्रणालीबाट सञ्चार प्रणाली र प्रेषण केन्द्र (डिस्प्याच सेन्टर)  मार्फत एकिकृत एम्बुलेन्स सेवा प्रदान गर्ने उद्देश्यले  एम्बुलेन्सहरुमा जिपिएस प्रणाली सुरु गरिएको हो । 

जिपिएस जडानका लागि वागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले सहयोग गरेको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति, जनस्वास्थ्य कार्यालय र धुलिखेल अस्पतालस्थित प्रेषण केन्द्रको समन्वयमा जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तहका २२ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको छ । 

जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोका जनस्वास्थ्य अधिकृत सृजना अधिकारीले प्रदेश सरकारको सहयोगमा जिल्लामा रहेका २२ वटा एम्बुलेन्समा निःशुल्क जिपिएस प्रणाली जडान गरिएको बताइन् । उनले प्रदेश सरकारबाट सहयोग पाएको जिपिएस प्रणाली जिल्लाको मण्डनदेउपुर नगरपालिकाका तीन, महाभारत गाउँपालिकाको एउटा, रोशी गाउँपालिकाका तीन, बेथानचोक गाउँपालिकाको दुई, खानीखोला गाउँपालिकाको दुई वटा एम्बुलेन्समा जडान गरिएको जानकारी दिएकी छन् ।

 यस्तै जिल्लाको चौरीदेराली गाउँपालिकामा सञ्चालित तीन वटा एम्बुलेन्स, पाँचखाल नगरपालिकाका दुई एम्बुलेन्स, धुलिखेल अस्पतालमा रहेको  एउटा एम्बुलेन्स र पनौती नगरपालिकाका सञ्चालित दुई वटा एम्बुलेन्समा प्रदेश सरकारले सहयोग गरेको जिपिएस प्रणाली जडान गरिएको छ ।

 जिल्लामा रहेको एम्बुलेन्सहरुको अवस्थाको अध्ययन गर्दा करिब ४७ वटा एम्बुलेन्समध्ये आधा दर्जन एम्बुलेन्स मात्रै जिपिएस प्रणालीबाट सञ्चालन भएको पाइएको अधिकारीको भनाक्षर्् छ । करिब ४० वटा जति एम्बुलेन्समा केहीमा जिपिएस प्रणाली जडान भएपनि नविकरण नगरेका कारण बिग्रिएको छ । जनस्वास्थ्य अधिकृत अधिकारीले पहिलो चरणमा २२ वटा एम्बुलेन्समा जिपिएस जडान गरिने र त्यसपछि कति आवश्यक पर्ने सो को आधारमा प्रदेश सरकासँग थप जिपिएस जडानको लागि माग गरिने बताइन् । जिपिएस जडान गरिएका एम्बुलेन्सहरुले एक वर्षसम्म जिपिएस प्रणालीमा आवद्ध भए वापतको कुनै शुल्क तिर्नुनपर्ने र एक वर्षपछि भने नविकरण गर्नुपर्ने छ ।

पहिला जिपिस जडान गरिएका एम्बुलेन्सको अवस्थाको बारेमा र उनीहरु कहाँ रहेका छन् भन्ने विषयमा धुलिखेल अस्पतालमा रहेको प्रेषण केन्द्रमा मात्रै जानकारी हुन्थ्यो अब प्रेषण केन्द्रका साथै पालिका प्रमुखले आफ्नै कार्यकक्षमा बसेर स्क्रिन र मोबाइलमार्फत आफ्नो पालिकाको एम्बुलेन्स डिँडेको ठाउँको बारेमा जानकारी लिन ससकिनेछ ।


प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग